Comments Add Comment

अब ७० प्रकारका औषधि निःशुल्क पाइने

medicine

४ असोज, काठमाडौं । सरकारले निःशुल्क वितरण गर्दै आएको औषधिका प्रकार संख्या ४० बाट बढाएर ७० पुर्‍याएको छ । थपिएका औषधि स्थानीय तहसम्म पुगेपछि झन्डै ८० प्रतिशत रोगविरुद्ध सर्वसाधारणले औषधि किन्नु नपर्ने स्वास्थ्य मन्त्रालयको दाबी छ ।

मन्त्रिपरिषद्को १३ भदौमा बसेको बैठकले सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क प्रदान गरिने औषधिको संख्या ७० पुर्‍याउने निर्णय गरेको हो । मुटु, मधुमेह, उच्चरक्तचाप, मानसिक, थाइराइड, मन्द दुखाइ, एलर्जी, एन्टी फन्गललगायत रोगविरुद्धका विभिन्न प्रकारका औषधि थपिएको नयाँ पत्रिकामा खबर छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले ग्रामीण तहसम्म सहज उपचार सेवा पुर्‍याउन निःशुल्क औषधि थपिएको बताए । सरुवा रोगको जोखिम कम हुँदै आएको र नसर्ने रोगको जोखिम बढ्दै गएकाले थपिएको औषधि नसर्ने रोगका बढी भएको अधिकारीले जानकारी दिए ।

‘मुटु, मधुमेह, दमजस्ता नसर्ने रोगको चाप ग्रामीण क्षेत्रमा पनि बढ्ने गएको छ । नियमित रुपमा खानुपर्ने यस्ता औषधि सहज रुपमा नपाउँदा धेरै मानिसको अकालमै ज्यान जाने गरेको छ,’ मन्त्री अधिकारीले नयाँ पत्रिकासँग भने, ‘अहिले थपिएको औषधिले त्यसको रोकथाम गर्न मद्दत पुर्‍याउने विश्वास छ ।’ ग्रामीण तहसम्म नसर्ने रोगको निशुल्क उपचार सहरसम्म आउनुपर्ने समस्या हट्ने पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment