Comments Add Comment

सेनामा एउटै ठेकेदार स्वदेशी र विदेशी

४ असोज, काठमाडौं । सेनाको दूरबिन खरिदमा भैंसेपाटीस्थित नेपाली ठेकेदार कम्पनी अन्तर्राष्ट्रिय बिजनेस नेटवर्क (आइबिएन)का प्रमुख लोकेन्द्र कार्कीको दोहोरो भूमिका देखिएको छ । कार्कीले ठेक्काको ‘प्रिन्सिपल’ कम्पनी सिंगापुरको ग्लोबल होल्डिङ्सको निर्देशकका हैसियतमा क्यानडाको निकोन अप्टिक लिंकबाट दूरबिन किनेर सेनालाई बुझाएको खुलासा भएको छ ।

nepal-army-logoसम्बन्धित सैनिक अधिकारीको लापरबाही र कार्कीको दोहोरो भूमिकाका कारण एक वर्षअघि ४८ थान एलआरएच नाइटभिजन दूरबिन खरिद गर्दा सेनालाई करिब साढे तीन करोड रुपैयाँ -तीन लाख ४८ हजार पाँच सय २४ डलर) घाटा भएको छ ।

‘दूरबिन खरिदमा सेनालाई साढे तीन करोड घाटा’ शीर्षकमा छापिएको समाचारपछि सेनाले आत्तरिक छानबिन थालेको र कार्कीले स्वदेशी र विदेशी दुवै कम्पनीको सञ्चालकको हैसियतमा काम गरेको रहस्य खुलेको नयाँ पत्रिकामा खबर छ ।

सैनिक स्रोतका अनुसार आइबिएन प्रमुख कार्की ग्लोबल होल्डिङ्सको निर्देशकका हैसियतमा दूरबिन खरिद गरेको प्रमाण भेटिएको छ । कार्कीका कानुनी सल्लाहकार अमेरिका निवासी सहदेव बानियाँले क्यानडामा सामान खरिदका लागि सबै चाँजोपाजो मिलाएका थिए । दुईजनाबीच कमिसन बाँडफाँडमा विवाद भएपछि सेनालाई त्यसबारे थाहा भएको हो ।

‘दूरबिन खरिदमा कार्की र बानियाँ अन्तिमसम्म संलग्न देखिएका छन्, उनीहरुबीच लेनदेनमा कुरा नमिलेपछि खरिदमा भएको गडबढीसम्बन्धी कागजात फेला परेको छ,’ सेनाका एक उच्च अधिकारीले भने, ‘यसमा हाम्रोतर्फबाट भएका कमी-कमजोरीबारे हामी अध्ययन गरिरहेका छौं । कार्कीको योजनामै सबै कुरा भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment