Comments Add Comment

आईपीभी भित्र्याउने दक्षिण एसियाको पहिलो मुलुक नेपाल

४ असोज, काठमाडौं । नेपालले आफ्नो नियमित खोप कार्यक्रममा बिहीबार पोलियो खोप (आईपीभी) भित्र्याएको छ ।
आईपीभी खोपको सुरुवात गर्ने पहिलो दक्षिण एसिया मुलुक भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको बालस्वास्थ्य महाशाखामा कार्यक्रमको उद्घाट गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले भने-‘अब नेपालबाट पोलियो उन्मुलन हुनेमा म विश्वस्त छु ।’

नेपालमा विगत २५ वर्षमा बालबालिकाको स्वास्थ्य सुधार र रक्षाको क्षेत्रमा ठूलो प्रगति भएको बालस्वास्थ्य महाशाखाका डा. श्यामराज उप्रेतीले बताएको गोरखापत्रमा खबर छ ।

तथापि विश्वका अन्य देशमा पोलियो देखा परिरहेकाले नेपालले सचेतना अपनाउनुपर्ने अवस्था रहेको सो अवसरमा जानकारी दिइयो ।
पोलियो मुक्त देशहरुमा पुनः संक्रमणको जोखिम रहने विज्ञहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment