Comments Add Comment

शनिबारका छापामा मुख्य खबरहरु

राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले बेलायत टुक्रिनबाट बचेको, संसदको अवरोध जारी रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले ७० प्रकारका औषधि निःशुल्क पाइने, सेनाको दूरबिन खरिद प्रकरणमा एउटै ठेकेदार स्वदेशी र विदेशी भएको, खबरलाई प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकले माओवादीमा विवाद चर्कँदो अवस्थामा रहेको, पीडीएमा हस्ताक्षर भएको, भारतले नेपालमा छिटो संविधान बनेको हेर्न चाहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्टले भारतमाथि शंका नगर्न राजनाथले आग्रह गरेको, पत्रकार ठहर गर्ने व्यक्ति कि सूचक भनि न्यायाधीशले प्रश्न गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

गोरखापत्रले प्रधानमन्त्री न्युर्योक गएको, समझदारी कार्यान्वयन गर्न इच्छाशक्ति चाहिन्छ भने, संसद बैठकको अवरुद्ध जारी रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment