Comments Add Comment

क्लिन अप नेपालले देशभर सरसफाइ गर्दै

clean-up-nepal४ असोज, काठमाडौं । क्लिन अप नेपालले आज देशभर सरसफाइ अभियान सञ्चालन गर्दैछ । विश्व सरसफाइ दिवसको अवसरमा सरसफाइ अभियान सञ्चालन गर्न लागेको हो ।

काठमाडौंसहित देशका ७० भन्दा बढी स्थानमा बिहान ७ बजेदेखि ११ बजेसम्म सरसफाइ हुने क्लिन अप नेपालका कार्यक्रम अधिकृत कमल रानाले जानकारी दिए ।

अभियान अन्तर्गत काठमाडौं महानगरपािलकासँगको साझेदारीमा ३५ वटै वडामा सफाइ अभियान सञ्चालन हुनेछ । त्रिपुरेश्वरस्थित कालमोचनमा भने बिहान १० बजे विशेष कार्यक्रमका साथ अभियान सञ्चालन हुने रानाले बताए । कालमोचनमा हुने कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल, अष्ट्रेलियन राजदुत ग्लेन हृवाइट, महानगरपालिकाका प्रमुख धनबहादुर श्रेष्ठ लगायतका सहभागी हुनेछन् ।

क्लिन अप नेपालका अनुसार यो वर्ष देशभरबाट ३५ हजार भन्दा बढी स्वयंसेवकले सरसफाइ गर्ने छन् । अभियानलाई अष्ट्रेलियन राजदुतावासले सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment