Comments Add Comment

चिलिमेको उत्पादन फेरि बन्द

Chilime_Hydropower-project४ असोज, नुवाकोट । नेपाल विद्युत प्राधिकरणको केन्दीय प्रशारण लाईनमा जोड्न लागेको विद्युतीय तारमा आएको खराबीले रसुवामा रहेको चिलिमे जल विद्युत केन्द्रको उत्पादन बन्द भएको छ ।

हावाहुरीले केन्द्रीय प्रशारण लाईनमा जोड्न लागेको तारको विभिन्नस्थानमा देखिएका खरबीको कारण चिलिमेको बिहीबार राति १० बजेदेखि अबरुद्ध भएको हो ।

केन्द्रीय प्रशारण लाईनमा जोड्न लागेको तार विद्युतीय खम्बा अन्तरगत रसुवामा रहेको ५० नम्बर र नुवाकोटमा रहेको ९९ र १ सय २ मा नम्बरको खम्बा समस्या देखिएको केन्द्रले जनाएको छ ।

समस्या देखिएको मध्ये रसुवामा रहेको ५० नम्बरको खम्बाको मर्मत सम्पन्न भइसकेको छ भने नुवाकोटमा पर्ने ९९ र १ सय २ मा नम्बरको खम्बाको भने आज मात्र मर्मत पूरा हुने केन्द्र प्रमुख रामकुमार बलालले जानकारी दिए । समस्या देखिएको स्थानको खम्बाहरुको मर्मत शुक्रबार बिहानै देखि सुरु गएपिनि मौसमले साथ नदिाँ सम्पन्न गर्न नभ्याएको उनले बताए ।

चिलिमेको उत्पादन बन्द हुदाँ बिहीबार राति देखि नै रसुवाको सदरमुकाम धुञ्चे सहित विभिन्नि गाविसमा विद्युत सेवा अबरुद्ध भएको छ । चिलिमे जलविद्युत केन्द्रंले उत्पादन गर्दै आएको २२ मेगावाट क्षमताको उत्पादन रसुवासीलाई वितरण गरी बाँकी सबै केन्द्रीय प्रंशारण लाईनमा जोडिएको छ ।

केन्द्रीय प्रशारण लाइनमा खराबी हुदाँ चिलिमेले उत्पादन नै बन्द गरिदा रसुवावासी समस्यामा पर्दै आएका छन् । अघिल्लो साता ६६ घण्टा अबरुद्ध हुदाँ एक करोड एक लाख रुपैयाँ गुमाएको चिलिमेलाई पुनः थप अर्को झट्का लागेको छ । लगातार चिलिमे अबरुद्ध हुदाँ विद्युत वितरण देखि चिलिमेको आर्थिक कारोबारमा समेत समस्या देखिदै आएको छ । चिलिमेमा पछिल्लो समय खराबी उत्पन्न हुदाँ शेयर मूल्य समेत ठूलो मूल्यले गिरावट आएको छ ।

एक समय २७ सय रुपैयाँ पुगेको शेयर मूल्य हिजो २ हजार ८० रुपैयाँमा कारोबार भएको थियो । चिलिमेलाई प्रतिघण्टा उत्पादन बन्द हुदाँ एक लाख ७१ हजार ८ सय २० रुपैयाँको दरले नोक्सान हुने गरेको छ ।
कपिलदेव खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment