Comments Add Comment

रियल मड्रिडले रोनाल्डोलाई बेच्दैन : भानहाल

Cristiano-Ronaldo

४ असोज, काठमाडौं । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक लुइस भानहालले क्रिष्टियानो रोनाल्डोलाई वल्र्ड ट्राफर्ड ल्याइने इच्छा रहेको बताएका छन् । तर, युरोपियन च्याम्पियन रियल मड्रिडले रोनाल्डोलाई नबेच्ने उनको भनाइ छ ।

रोनाल्डो युनाइटेड फर्किनेबारे सोधिएको प्रश्नमा उनले भनेका छन्–‘यो सम्भव छ ।’ उनले अघि भने–‘रोनाल्डो जस्ता खेलाडीले टिमलाई अतिरिक्त दिनसक्छ । तर, मलाई लाग्दैन रियलले उसलाई बेच्छ ।’

रोनाल्डो २००९ मा म्यानचेष्टर युनाइटेडबाट रियल मड्रिड गएका हुन् । उनी फिफा बालोन डि’ओर र युरोपियन प्लेय अफ दि इयर समेत हुन् ।

रोनाल्डो युनाइटेड फर्कने कुरा अहिलेसम्म पत्रपत्रिका छलफलको विषय भएको भन्दै उनले व्यांग गर्दै भने–‘मलाई लाग्दैन कि मिडियाले रोनाल्डोलाई किन्दैन ।’

तर, रोनाल्डोले भने पटक पटक म्यानचेष्टर युनाइटेडलाई मन पराउने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment