Comments Add Comment

सातामा १ सय ८६ करोडको सेयर कारोबार

४ असोज काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६० कम्पनीका ४१ लाख ८६ हजार कित्ता सेयर १ अर्ब ८६ करोड ४७ लाख रुपैयाँमा कारोबार भएको छ । यो गतसाताको भन्दा ३.५३ प्रतिशतले बढी हो ।

गत साता १ सय ६७ कम्पनीका ४५ लाख ३२ हजार कित्ता सेयर १ अर्ब ८० करोड १८ लाख रुपैयाँमा कारोबार भएको थियो ।

साताको पहिलो दिनको तुलनामा अन्तिम दिन २.२६ अंकले घटेर नेप्से परिसूचक ८९९.८९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.७४ अंकले घटेर १९३.३२ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम (२६ करोड ५ लाख रुपैयाँ) को आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार भएको सेयर संख्या (५ लाख ८४ हजार कित्ता) को आधारमा नबिल ब्यालेन्स फन्ड अग्रस्थानमा छ भने कारोबार संख्या  (१२३५ वटा) को आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ ।

कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु

क्र.सं.

 

कम्पनीको नाम कारोबार रकम

(रु. दशलाखमा)

 

कुमारी बैंक २६०.५३
एनसिसी बैंक १५६.८४
चिलिमे हाइड्रोपावर कम्पनी १४०.५
ग्लोबल आइएमई बैंक ९६.२१
लक्ष्मी बैंक ६२.४९

यस साता नेप्सेमा निम्नानुसारको धितोपत्र सूचीकरण भएका छन्ः

क्र.सं.

 

कम्पनीको नाम धितोपत्रको किसिम सूचीकृत कित्ता

 

साइन रेसुंगा डेभलपमेन्ट बैंक हकप्रद सेयर १९,१९,१८२
नेपाल लाइफ इन्स्योरेन्स बोनस सेयर ४४,६२,५००

 

मेट्रो डेभलपमेन्ट बैंक हकप्रद सेयर ३,६१,०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment