Comments Add Comment

सराहालाई मिस इ-कलेजको उपाधि

miss-e-college

काठमाडौं । पाँचौ श्रृङखलाको मिस इ-कलेजको उपाधि सहारा चित्रकारले जितेकी छिन् । २४ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेकी सराहाले वेष्ट स्किनको उपाधि पनि पाएकी थिईन् ।

उपाधि जितेपछि टिभीएसको जुपिटर स्कुटर, स्नातकसम्म अध्ययनका लागि छात्रबृत्ति र एअर होष्टेजमा डिप्लोमासम्मको अध्ययनमा छुट पाउने भएकी छिन् उनले ।

सिजन मिडियाले आयोजना गरेको कार्यक्रममा  प्रशंसा पौडेलले फष्ट रनरको उपाधि पाइन् भने उनले ‘मिस पर्सनालिटीको उपाधी पनि पाएकी थिईन् । त्यस्तै सेकेण्ड रनर अप ज्योति खड्काले ‘मिस फोटोजेनिक’ अवार्ड पाएकी थिईन् ।

विभिन्न कलेजमा अध्ययनरत युवतिको क्षमता विकासका लागि भन्दै आयोजना गरिएको यस कार्यक्रममा काठमाडौ र मोफसलका शहरका युवतिहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा सहभागी अन्य युवतिलाई पनि मिस फ्रेण्डसिप, मिस पपुलर लगायत अन्य विभिन्न टाईटलमा अवार्ड दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment