Comments Add Comment

काठमाडौंमा छोटा फिल्म महोत्सब

Ekadeshma
काठमाडौं । छोटा फिल्महरुको मेला ‘एकादेशमा’ फिल्म फेष्टिवल शुक्रवारदेखि काठमाडौंमा सुरु भएको छ । चार दिनसम्म चल्ने मेलामा ६९ फिल्म प्रदर्शन हुने भएको छ । नेपाली फिल्म १७ वटा र विदेशी फिल्म ५२ रहेको कार्यक्रम निर्देशक अविनाश बिक्रम शाहले जानकारी दिए ।

अण्डरग्राउण्ड टाकिजको आयोजनामा हुन गइरहेको यो फेष्टिवल काठमाडौको कुमारी हलमा भएको छ । ‘सबै मिलेर एउटा तरंग ल्याउ’ भन्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा फूलको माला र सुनको माला गरेर दुई खण्ड बनाइएको छ ।

फूलको माला खण्डमा नेपाली र विदेशी फिल्मविच प्रतिस्पर्धा हुने भएको छ भने सुनको माला खण्डमा कलाकार, निर्माता, निर्देशक, छायाँकार लगायतसंग अन्तरसंवाद गरिने भएको छ ।

नेपाली फिचर फिल्मप्रति दर्शकको आकर्षण घटेपनि छोटा फिल्मप्रति दर्शकको रुची बढ्दै गएकाले यस किसिमको कार्यक्रम गरिएको आयोजकहरुको भनाई छ ।

विगतका वर्षका तुलनामा दर्शकहरु बढ्दै गएका छन् भने सहभागी निर्माता निर्देशकको संख्या पनि बढ्दै गएको छ । कार्यक्रम निर्देशक शाहको भनाई अनुसार दर्शकको बढ्दो चापले कार्यक्रम गर्न उत्साहित बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment