Comments Add Comment

एसियाडमा तेक्वान्दोका सक्षम खेल्न नसक्ने

४ असोज, इन्चोन । दक्षिण कोरियाको इन्चोनमा जारी सत्रौं एसियाली खेलकुद (एसियाड) मा सहभागिताका लागि प्रशिक्षणमा रहेका तेक्वान्दो खेलाडी सक्षम कार्की घाइते भएका छन् ।

प्रशिणका क्रममा स्पाईरिङ गर्दा अण्डकोषमा चोट लागेको हो । उनको बिहीबारै शल्यक्रिया गरिएको छ ।

शल्यक्रिया भएसंगै ७४ किलो समूहका सक्षम प्रतियोगितामा भने प्रतिस्पर्धामा सहभागी हुन नसक्ने भएका छन् । नेपाली टोलीका प्रमुख चिकित्सक सरोजकृष्ण श्रेष्ठले खेलाडीको अवस्था हेरेपछि मात्रै स्वास्थ्य अवस्थाबारे थप जानकारी दिन सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment