Comments Add Comment

पीडीएको विरोधमा बैद्य माओवादीले देशभर विरोध प्रदर्शन गर्ने

४ असोज, काठमाडौं । भारतीय कम्पनी जीएमआरसँग माथिल्लो कर्णालीको पीडीए सम्झौता गरेको विरोधमा नेकपा-माओवादीले असोज ७ गते देशभर प्रदर्शन गर्ने भएको छ ।

माओवादी अध्यक्ष मोहन बैद्यले शनिबार विज्ञप्ति निकालेर सम्झौताले जलस्रोतमाथिको नेपालकै सार्वभौम अधिकार हनन गरेको दावी गरेका छन् । राष्ट्रिय हित अनुरुपका प्रावधानहरुसहित सर्वदलीय राष्ट्रिय सहमति कायम गरेर मात्र पीडीए र पीटीए गर्नु पर्ने आफूहरुको मागलाई उपेक्षा गर्दैै कांग्रेस र एमालेको संयुक्त सरकारले जसरी जबरजस्त सम्झौता गरेको भन्दै माओवादीले विरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ- असोज ७ गते राजधानी लगायत देशव्यापी विरोध प्रदर्शन लगायत सङ्घर्षका विविध रुपहरु अवलम्बन गर्दै विरोध गर्ने र सङ्घर्षलाई निरन्तरता दिने निश्चित गरिएको छ ।’ लगानी बोर्डले शुक्रबार जीएमआरसँग माथिल्लो कर्णालीको पीडीए गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment