Comments Add Comment

जिउ गन्हाउने मानिसलाई सार्वजनिक स्थलमा प्रतिबन्ध !!!

odour

सार्वजनिक स्थलमा धूमपान गर्न प्रतिबन्ध लगाइएको कुरा त सामान्य हो । तर अमेरिकाको एक सहरमा भने जिउबाट गन्ध आउने मानिसलाई समेत सार्वजनिक स्थानमा जान प्रतिबन्ध लगाइएको छ ।

वाशिंटनको बुरेन सहरले जिउ गन्हाउने मानिसहरुलाई सार्वजनिक स्थानमा जान प्रतिबन्ध लगाउने नियम ल्याएपछि त्यसले ठूलै चर्चा तथा विवाद निम्त्याएको छ ।

बुरेन सहर प्रशासनले ल्याएको नयाँ नियमावलीमा सार्वजनिक स्थानमा मानिसहरुका कतिपय आनीबानी तथा व्यवहारलाई नियमन गरिएको छ ।
यो नियम अनुसार सिटी पार्क, सिटी हल, सार्वजनिक पुस्तकालय लगायतका ठाउँमा त्यस्ता मानिस छिर्न पाउनेछैनन् जसले अश्लील शव्द बोल्छन्, धेरै भद्दा लुगा लगाउँछन् र निकै फोहोरी भएका कारण जिउबाट दुर्गन्ध निस्किरहन्छ ।

उल्लेखित आचरण हुँदाहुँदै पनि नियम उल्लंघन गरी सार्वजनिक स्थानमा घुस्नेहरुलाई दण्डित गरिने र त्यस्ता मानिसहरुले बानी सुधारे पनि १ वर्षसम्म सार्वजनिक स्थानमा प्रतिबन्ध लगाइनेछ ।

अधिकारीहरुका अनुसार सहरका बासिन्दा तथा आगन्तुकहरुलाई दुर्गन्धबाट बचाउनका लागि यस्तो नियम ल्याइएको हो ।

तर यो नियमप्रति सर्वसाधारण पनि बेखुस देखिएका छन् । टि्वटर मार्फत कतिपयले सरकारको यस्तो नियमको नैतिकता माथि नै प्रश्न उठाएका छन् ।

tweet

 

मानव अधिकारवादी संस्थाले समेत सरकारको यस्तो नियमले सुकुम्बासी तथा घरबार वीहिन हरुलाई सिमान्तीकरणमा पूराउने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment