Comments Add Comment

बाँसको तामाझैँ बढिरहेका विश्वका सबैभन्दा अग्ला बालक (फोटोफिचर सहित)


karan4

उनी बल्ल ५ वर्षका भए । तर उनको उचाइ हेर्दा त्यो सामान्य मानिसको अधिकतम उचाइ हो । ५ फिट ७ इन्च अग्ला करन सिंहको जिउ अग्लिने क्रम रोकिएको छैन । बाँसको तामाझैँ उनी चढिरहेका छन् ।
भारतको उत्तर प्रदेशस्थित मेरुटका करन सिंह सन् २००८ मा जन्मिँदा विश्वका सबैभन्दा अग्ला र वजनदार बालकको रुपमा तत्कालै गिनिज बुकमा नाम लेखाएका थिए । करन आफुमात्र अग्लो होइनन् । उनका बुवा र आमा दुबैको उचाइ निकै धेरै छ ।

karan2
बुवा संजय ६ फिट ७ इन्च अग्ला छन् भने आमा स्वेत्लाना सिंह त झन् ७ फिट ३ इन्च अग्ली छिन् । २६ वर्षकी स्वेत्लाना दक्षिण एसियाकी सबैभन्दा अग्ली महिलामध्ये एक हुन् । उनले भारतकी सबैभन्दा अग्ली महिलाको ताज समेत पहिरिएकी थिइन् ।
पाँच वर्षअघि जन्मिँदा नै करणको जिउ असाधारण थियो । जन्मिँदै उनको तौल ७ किलो तथा लम्बाइ २ फिट थियो ।

‘जन्मिँदै ऊ निकै अग्लो तथा वजनदार थियो । हामीले उसको जिउमा कुनै रोग भएकाले त्यस्तो भयो की भन्ने सोच्यौँ । तर डाक्टरहरुले भने ऊ स्वस्थ र ठीक रहेको बताए’, करनका पिता ३५ वर्षीय संजय भन्छन् ।
विश्वमा करन जत्तिको तौल तथा लम्बाइको बच्चा अहिलेसम्मै जन्मिएको छैन । त्यसले डाक्टरहरुलाई समेत अचम्ममा पारेको संजय बताउँछन् ।

करन यति अग्लो हुनुको कारण उनको जिन अर्थात् वंशाणु नै हो भन्नेमा शंका छैन । उनका बुवा आमा अग्ला भएकै कारण उनको उचाइ यतिविधि भएकेा हो ।
संजय भन्छन्, ‘हामी सबै परिवार अग्ला छौँ । म कहीँकतै गएँ भने भिडभाडमा म नै अग्लो हुन्छु । तर जब घरमा आउँछु श्रीमतीको अगाडि भने फुच्चे देखिन्छु ।’
अबका केही वर्षमा छोरो समेत आफुभन्दा अग्लो हुने उनको अनुमान छ ।

karan1
आफ्नो अग्लाइँका कारण करनले अहिलेसम्म कुनै हैरानी भोग्नुपरेको छैन । आफुले कसैले पनि अहिलेसम्म नगिज्याएको उनी बताउँछन् । तर कहिलेकाहीँ बास्केटबल र क्रिकेट खेल्दा साथीहरुले आफुलाई झेली गरेको आरोप लगाउने गरेको उनको अनुभव छ ।
नोभेम्बरमा छैटौँ बर्थडे मनाउन लागेका करन आफ्ना सबै दौँतरी भन्दा निकै अग्ला छन् ।
भविष्यमा व्यवसायिक बास्केटबल खेलाडि भन्ने धोको सँगालेका करनलाई उनकी आमा स्वेत्लानाले सिकाइरहेकी छिन् । उनी स्थानीय विद्यालयमा बास्केटबल प्रशिक्षक हुन् र भारतको राष्ट्रिय खेलाडिको रुपमा समेत प्रतिस्पर्धा गरिसकेकी छिन् ।

karan3
तर आफ्नो निकै बढ्दो उचाइका कारण उनमा चिन्ता थपिएको छ र भोलि छोराको पनि सोही हालत हुनेमा उनी चिन्तित छिन् ।
‘केही वर्षमै मेरो उचाइ डेढ इन्च बढ्छ । यो हर्मोनको अत्यधिक उत्पादनका कारणले हो,’ स्वेत्लाना भन्छिन् ।
करनको पनि यसैगरी उचाइ बढ्दा स्वास्थ्यमा असर पुग्ने डर आफुमा भएपनि छोरो स्वस्थ रुपमा हुर्किरहनेमा उनी आशावादी भने छिन् ।

basket

असाधारण रुपमा अग्लो बच्चा हुर्काउन निकै कठीन हुने अनुभव उनको छ । खासगरी उसलाई मिल्ने कपडा पाउन सबैभन्दा गाह्रो हुँदोरहेछ । करन सानो छँदा उनलाई मिल्ने डाइपर समेत कुनैपनि पसलमा पाइँदैनथे ।
अहिले उनले छोराका लागि बच्चाका लुगाफाटा नभएर वयस्क मानिसका लागि मिल्ने लुगाफाटा किनिदिन्छिन् । जो उनलाई ठीक्क हुन्छ । एजेन्सीको सहयोगमा

karanbaby

अढाइ वर्षको छँदा नै करन अन्य भन्दा निकै अग्ला थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment