Comments Add Comment

जसले बिल गेट्सलाई धनी बनाइरहेका छन्

larson

                                                                                                                                                                                            माइकल लार्सन

विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्सको सम्पत्ति ८१ अर्ब ६० करोड डलर बराबरको छ र उनी झनपछि झन धनी हुँदैछन् ।

तर गेट्सलाई धनी बनाउनमा एकजना मान्छेको सबैभन्दा ठूलो हात छ । वास्तवमा उनी बिल गेट्सका सबैभन्दा गोप्य हतियार हुन्, जसको बारेमा तपाइँले कहिल्यै नसुन्नुभएको पनि हुनसक्छ । ती व्यक्ति हुन्- माइकल लार्सन ।
गेट्सले लार्सनलाई २० वर्ष अगाडि जागिर दिएका हुन् जतिबेला उनको सम्पत्ति जम्मा ५ अर्ब डलर थियो ।

गुप्त व्यक्तित्व लार्सनको प्रोफाइल लेख्ने वाल स्टि्रट जर्नलका अनुपि्रता दास र क्रेज कार्मिन का अनुसार उनले गेट्सको एकल लगानीमा रहेको कम्पनी क्यास्केड इन्भेस्टमेन्ट एलएलसी चलाउँछन् ।
कुनै समय गेट्सको आम्दानीको मुख्य श्रोत माइक्रोसफ्ट थियो । तर उनले लगातार माइक्रोसफ्टको शेयर बिक्रि गर्दै गए । धेरैले सोँचे की गेट्सले माइक्रोसफ्टको शेयर बेचेर त्यसको रकम प्रत्यक्ष रुपमा च्यारिटी संस्थामा खर्च गरिरहेका छन् । तर त्यो पूर्णत सही होइन ।

यद्यपि गेट्सले प्रविधिमा आफ्नै लगानी गरेका छन् । तर लार्सन ती व्यक्ति हुन् जसले क्यास्केड मार्फत गेट्सको पैसा तानेर त्यसलाई विविधिकरण गरिदिएका छन् । अहिले गेट्सको रियल स्टेट तथा प्रविधि इतरका कम्पनीहरुमा समेत ठूलै लगानी छ, जस्तै क्यानाडियन नेसनल रेलवे, अटोनेसन, रिपब्लिक सर्भिस इनकर्पोरेसन आदि । यिनै लगानीको नाफाले गेट्सलाई दान गर्नका लागि रकम आउने गरेको छ ।

गेट्सले आफ्नो च्यारिटी संस्थाबाट अहिलेसम्म ३८ अर्ब दान गरिसकेका छन् र उनै लार्सनका कारण उनले दान गरेभन्दा बढि आम्दानी गरेर दिनहुँ झनै धनी हुँदैछन् ।
मार्च २०१४ मा उनको सम्पत्ति ७६ अर्ब थियो र अहिले त्यो बढेर ८१ अर्ब ६० करोड पुगिसकेको छ । सन् २०१३ को मार्चमा उनको सम्पत्ति ६७ अर्ब डलर मात्र थियो । यसले पनि उनी लगातार कसरी झनै धनी हुँदैछन् भन्ने देखाउँछ ।
गएको फेब्रुअरीमा लार्सनसँगको सहकार्यको २० औँ वर्षगाँठ बनाउन गेट्सले आफ्नो सियटलस्थित बंगलामा भव्य कार्यक्रमको आयोजना गरे । त्यो निकै दुर्लभ क्षण थियो जहाँ लार्सन र गेट्स सार्वजनिक स्थलमा सँगै देखिए ।
उक्त समारोहमा गेट्सले लार्सनमाथि आफ्नो पुर्ण भरोसा तथा सम्मान रहेको बताएका थिए । यसको अर्थ गेट्सको पैसा लगानी गर्न, किन्न तथा बेच्नका लागि लार्सन स्वायत्त छन् ।
तर उनले गेट्सको यतिविघ्न पैसा खेलाइरहँदा पनि निकै गोप्य ढंगबाट काम गरिरहेका छन् । वास्तवमा उनलाई गेटपालेको संज्ञा समेत दिइन्छ ।

bill gates

                                                                                                                                                                       बिल गेट्स
यद्यपि सार्वजनिक कम्पनीहरुले क्यास्केडको आफुमाथिको लगानीका विषयमा बेलाबेलामा खुलासा गर्ने गरेको भएपनि लार्सनले अन्य लगानीमा बिल गेट्स र क्यास्केडको नाम नमुछ्नका लागि अनेक उपाय लगाउने गर्छन् । क्यास्केड कम्पनीका कर्मचारीहरुलाई जागिरमा रहँदा र अवकाश पाएपछि समेत कम्पनीका गोप्य कुराहरु बाहिर नलैजाने भनेर सपथ गराइएको हुन्छ ।

उनले बाह्य रुपमा पैसा व्यवस्थापन गर्नेहरुका लागि १० अर्ब डलर खर्चिएका छन् । जसले लगानीका नयाँ अवधारणा तथा क्षेत्रहरु पत्ता लगाउन सजिलो हुन्छ र यसले अफवाह मेटाउन समेत सजिलो बन्दछ । सन प|mान्सिस्कोमा रिज कार्लटोन होटल खुल्दाखेरी क्यास्केड मुख्य लगानीकर्ता थियो तर लार्सनकै कारण उक्त होटलमा क्यास्केड तथा बिल गेट्सको संलग्नता भएको कुरा कसैले थाहा पाएन ।

स-साना रियल स्टेट कारोबारका लागि लार्सनले लिमिटेड लायबिलिटी कर्पोरेसन नामक कम्पनी स्थापना गरेका छन् । यसको मुख्य उद्धेश्य ससाना लगानीमा क्यास्केडलाई नमुछ्नु र गोप्य राख्नु नै हो ।
उनी विषयलाई छिपाउन यति माहिर छन् की फोर सिजन्स होटल चेनमा समेत क्यास्केड कम्पनीकै माध्यमबाट बिल गेट्सको लगानी छ भन्ने कुरा धेरैलाई पत्तै छैन ।

उनी हाकिम गेट्सको पैसामा निकै किफायती पनि छन् । क्यास्केड कम्पनीका कर्मचारीहरु व्यवसायिक कार्यक्रमकै सिलसिलामा विभिन्न ठाउँमा भ्रमणमा जाँदा समेत उनीहरुलाई सुविधासम्पन्न फोर सिजन होटलमा बसाल्दैनन्, सस्तो र कम आरामदायी होटलमा बसाउँछन् ।

‘माइकेलले जे गरेका छन् सोही कारणबाट मिलिन्डा र म विश्वलाई स्वस्थ र शिक्षित बनाउने हाम्रो दुरदृष्टि प्राप्तिमा स्वतन्त्र पूर्वक लाग्न पाइरहेका छौँ’, बिल गेट्सले गर्वसाथ भनेका छन् ।

बिल गेट्सले जति धेरै कमाउँछन् उति नै लोककल्याण र दानमै जानेछ । किनकी बिल र मिलिन्डाले आफ्नो सम्पत्तिको ९५ प्रतिशत आफ्नो च्यारिटी फाउन्डेसनमा दान गर्ने घोषणा गरिसकेका छन् ।
तर उनिहरुले जति धेरै दान गर्नेछन् लार्सनले उनीहरुको सम्पत्ति अझै बढाइदिनेछन् ।
बिजनेस इनसाइडर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment