Comments Add Comment

एसियाडमा नेपाल ब्याडमिन्टन टिम क्वाटरफाइनलमा

४ असोज, इन्चोन । दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एशियाली खेलकुद अन्तरगत ब्याडमिन्टनको पुरुष टिम ईभेन्ट्को खेलमा नेपालले विजय सुरुवात गरेको छ ।

टिम ईभेन्टस्को खेलमा ३-० को जित हात पार्दै नेपालले क्वाटरफाइनलमा स्थान बनाएको छ । रत्नजित तामाङले मकाउका खेलाडी चि वाई वानलाई २१-१२, २१-१६ ले, विकास श्रेष्ठले यु लिउङ्गलाई २१-११, २१-१६ ले र साजन कृष्ण ताम्राकारले होक मान लोउमाथी १२-२१, २१-४ र २१-१८ को जित निकाल्दै नेपाललाई जितको स्वाद चखाए ।

महिला टिम प्रतियोगितामा पराजितामा भने नेपाली टोली पराजित भएको छ । शनिबार सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा नेपाल मलेसियासँग ३­­-० ले पराजित भएको छ ।

टिम ईभेन्टस् प्रतियोगिताको एकलमा सरादेवी तामाङ मलेसियाकी लि ल्यान याङ्गसँग २१-४, २१-११ र नङ्गशल देवी तामाङ यिन फन लिमसँग २१-२ र २१-७ ले र शिक्षा श्रेष्ठ च्यू सिन लिमसँग २१-१३ र २१-९ ले पराजित भए ।

टेनिस नेपालको हार

त्यस्तै टेनिसको टिम ईभेन्टस्को खेलमा ताईपेईसँग ३-० ले नै पराजित भएका छन् । महिला एकल तर्फको खेलमा जुम्ल्याहा दिदी बहिनी मायाङ्का राणा र माहिका राणा ताईपेईका चिन वई चान र सु वई सेईसँग ६-०, ६-० र ६-०, ६-१ले पराजित भए ।

सोही ईभेन्ट्सको डबल्समा विभुती कार्की र विजेसा श्रेष्ठको जोडी हाव चिङ्ग चान र युङ्ग जिन चानको जोडीसँग समान ६-० र ६-० ले पराजित भए । पुरुषहरुको टिम ईभेन्ट्सको खेल आइतबार हुनेछ ।

सेपाकताक्रोमा पनि हार

नेपालको पराजित हुने क्रमलाई निरन्तरता प्रदान गर्दै पहिलो पटक एशियाली खेलमा सहभागी सेपाकताक्रोको डबल्स तर्फ छनोट चरणको पहिलो खेलमा अनिल गुरुङ र अमन पोडेको जोडी सिङ्गापुरका खेलाडीहरु संग २१-१४, २१-७ ले र दोश्रो खेलमा अनिल र रुपेश पोडेको जोडी जापानका खेलाडीसँग २१-६, २१-६को सोझो सेटमा पराजित भएका छन् । अर्को प्रतियोगिता नेपालले आईतबार आयोजक कोरियासँग खेल्ने छ ।

नेपालले रेगु, डबल्स र टिममा सहभागिता जनाउने भनिएता पनि नेपाली खेलाडी एलेन गुरुङ्ग प्रशिक्षणका क्रममा खुट्टमा चोट लागेका कारण रेगु र टिम प्रतियोगिता नखेल्ने भएको छ । रेगु र टिममा ४ खेलाडीको सहभागिता हुनु पर्ने कारण प्रतियोगिता नखेल्ने भएको हो । गुरुङ्ग नेपालमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment