Comments Add Comment

चिनियाँ राष्ट्रपतिलाई इलाभेन जिनपिङ भन्ने पत्रकारको जागिर चट्

चिनियाँ राष्ट्रपति सी जिनपिङ लाई इलाभेन जिनपिङ भन्ने एक भारतीय पत्रकारले जागिरबाट हात धुनुपरेको छ ।

modi-with-Xi-Jinping‬भारतको सरकारी टेलिभिजन दूरदर्शनमा समाचार वाचिकाको रुपमा कार्यरत महिला पत्रकारले बुधबार बेलुकी भारत भ्रमणका रहेका सी जिनपिङलाई भुलवस इलाभेन जिनपिङ भन्दै समाचार पढेपछि त्यसले चर्चा पाएको थियो ।

सी Xi लाई रोमनमा उच्चारण गर्दा इलाभेन अर्थात् एघार हुने भएकाले ती समाचार बाचिकाले चिनिया राष्ट्रपतीको नाम इलाभेन बनाइदिइन् ।

भारतको राष्ट्रिय सरकारी संचार माध्यममा कार्यरत समाचार वाचिकाले छिमेकी देशको चर्चित राष्ट्रपतिको नाम समेत नजान्नु निकै लज्जास्पद रहेको भन्दै धेरैले टिप्पणी गरेका थिए ।

दूरदर्शन टेलिभिजनकी समाचार प्रमुख अर्चना दत्तले पत्रकारको त्यो गल्ती अक्षम्य रहेको भन्दै उनलाई जागिरबाट हटाइएको पुष्टि गरिन् ।

उनका अनुसार ती समाचार वाचिका दूरदर्शनकी नियमित समाचार वाचिका नभएर कामचलाउ अर्थात् भैपरी आउँदा समाचार भन्ने कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment