Comments Add Comment

मानबहादुर र सुमित्रा पहिलो

४ असोज, काठमाडौं । ताकेश्वर खुल्ला म्याराथुन प्रतियोगिताको उपाधि मानबहादुर तामाङले जितेका छन् ।

अन्तराष्ट्रिय विश्व शान्ति दिवसको अवसरमा शनिबार आयोजित प्रतियोगिताको पुरुष ६ किलोमीटरको दौड १९ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै तामाङले उपाधि जिते । उनले १० हजार नगद पुरस्कार पाए ।

निर्धारीत दूरी २० मिनेट ५९ सेकेन्डमा पूरा गरेका दानबहादुर थापा दोश्रो भए भने २१ मिनेट ६ सेकेन्ड समयसाथ नवराज श्रेष्ठ तेस्रो स्थानमा रहे । कृष्ण बानियाँ चौथो भए । दोश्रोले ७ हजार, तेश्रोले ५ हाजर र चौथोले २ हजार नगद पुरस्कार हात पारे ।

महिलामा सुमित्रा कोजुले पहिलो भइन् । कोजुली निर्धारीत दूरी तय गर्न ३० मिनेट ३१ सेकेन्ड समय खर्चिन ।

समापनका अवसरमा कीर्तिमानी दक्षिण एसियाली धावक बैकुण्ठ मानन्धर र नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलएका जितबहादुर केसीलाई सम्मन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment