Comments Add Comment

दसैंमा दक्षिणा बहिस्कार गर्ने अभियान तपाईलाई कस्तो लाग्यो ?

धनकुटाको कुरुले तेनुपा गाविसका स्थानीयवासीले दसैंको टीका लगाउँदा पैसा लेनदेन गर्ने चलनको विरोध गर्दै केही वर्षअघि चलाएको अभियान सफल भएन ।

 हिन्दुधर्ममा दृढ आस्था राख्ने डम्बरु पौडेल सुधारवादका पक्षपाती हुन्
हिन्दुधर्ममा दृढ आस्था राख्ने डम्बरु पौडेल सुधारवादका पक्षपाती हुन्

तर, मान्यजनबाट आशिर्वाद थाप्नुपर्ने बेलामा पैसाको महत्व बढ्दै गएकोमा उनीहरुमाझ अझै पनि चिन्ता यथावत छ ।

दसैंको दक्षिणाबारे मानिसहरुमा फरक- फरक मत देखिएको छ । कोही चाडबाडका बेला यस्तो प्रचलन जायज र सामान्य भएको बताउँछन् । कोहीचाँहि दसैंलाई पूरै लेनदेनरहित र निवर्गीय बनाउनुपर्ने बताउँछन् ।

त्यसो त तत्कालीन राजा वा वर्तमान राष्ट्रपतिले जनतालाई टीका लगाउँदा त्यहाँ पैसाको लेनदेन गर्ने प्रचलन छैन ।
तपाईको विचारमा टीका र आर्शिवाद थाप्दा दक्षिणाका नाममा पैसाको लेनदेन गर्ने चलन कति ठीक कति बेठीक ?

१. दसैंमा मान्यजनबाट आशिर्वाद थाप्ने हो, पैसा होइन । त्यसैले टीका लगाउँदा पैसाको लेनदेन गर्नुहुँदैन । आशिर्वाद मात्रै लिनुपर्छ ।

२. चाडबाडका बेला करकापले नभई इच्छाले दिइने कोसेली वा दक्षिणालाई आपत्ति मान्न जरुरी छैन ।

३. १२ वर्षमुनिका वालवालिकालाई दक्षिणा दिऔं । ६५ कटेका ज्येष्ठ मान्यजनहरुलाई सामान्य कोसेेली दिए पनि अरु उमेर समूहले आर्थिक लेनदेन नगरी टीकामात्रै लगाउने चलन चलाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment