Comments Add Comment

एएफसी प्रेसिडेन्ट कपमा मनाङको विजयी सुरुवात

४ असोज, काठमाडौं । एएफसी प्रेसिडेन्ट कप फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा मनाङले श्रीलंकन एयर फोर्सलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

कोलम्बोको सुगथादासा स्टेडियममा भएको खेलमा अग्रता भने एयर फोर्सले लिएको थियो । पाँचौं मिनेटमा नै लिएको अग्रता घरेलु टोलीले जोगाउन सकेन ।

लगतै डाडोजले वान भर्सेज वान गुमाए । तर, खेलको ३५ औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । शिव श्रेष्ठले वान भर्सेज वानमा हानेको बल बारमा लागेर फर्किएपछि आफैंले गोल गरेका थिए ।

दास्रो हाफमा सुधारिएको प्रदर्शन गरेको मनाङले ६३ औं मिनेटमा पेनाल्टी पायो । डोडोजलाई पेनाल्टी एरियामा लडाएपछि एयर फोर्सका गोलरक्षकले पहँलो कार्ड पाए भने मनाङले पेनाल्टी पायो, जसमा जसमा अनिल गुरुङले सहज गोल गरे ।

खेलको ८० औं मिनेटमा डोडोजले अर्को मौका गुमाए । एयर फोर्सका खेलाडीको प्रहारले मनाङका गोलरक्षकलाई विट गरेपनि फ्रेममा पर्न सकेन ।

खेलको अन्तिम मिनेटमा मनाङका गोलरक्षक विशाल श्रेष्ठले मुस्किलले बल रोकेका थिए ।

मनाङले अब समूह चरणको अर्को खेलमा तुर्कमेनिस्तानको एचटिटियू एफसीसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment