Comments Add Comment

एसियाड : झरना उसुको क्वाटरफाइनलमा प्रवेश

Jharana-(red)-vs-Aygul-Rahymova

४ असोज, इन्चोन । दक्षिण कोरियाको इन्चोनमा जारी सत्रौं एसियाली खेलकुद अन्तरगत उसुमा नेपालकी झरना गुरुङ क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

शनिबार भएको प्रिक्वार्टरफाइनलको ६० किलो तौल समूहमा एघारौं सागकी कास्य पदकधारी झरनाले तुर्कमेनिस्तानकी खेलाडीलाई २/० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन् ।

पुरुष ६० किलो तौल समूहमा मंगलप्रसाद थारु भने पहिलो खेलबाटै बाहिरिएका छन् । थारु भारतीय खेलाडी नरेन्द्र गेरेवालसँग २/० ले पराजित भए ।

पुरुष छाङ्छुवानको फाइनलमा भने नेपाल पुछारमा रह्यो । नेपालबाट पदकको आशा गरिएकी चाहना बमजनले आइतबार खेल्दैछिन् । बमजनले एक मात्र खेल जितेमा पनि पदक प्राप्त गर्न सफल हुने छिन् ।

उसु तर्फ नेपालको आशा रहेको टिम प्रशिक्षक रामगोपाल महर्जन र पञ्चमान महर्जनले बताए । प्रतियोगितामा चाहना बमजनले उच्च प्रदर्शन गर्न सक्ने टिम व्यवस्थापक चन्द्र तामाङले बताए । चाहनाले वाई पाई सिधै क्वाटरफाइनलको यात्रा तय गरेकी छिन् ।

टेनिस नेपालको हार

त्यस्तै टेनिसको टिम ईभेन्टस्को खेलमा ताईपेईसँग ३-० लेनै पराजित भएका छन् । महिला एकल तर्फको खेलमा जुम्ल्याहा दिदी बहिनी मायाङ्का राणा र माहिका राणा ताईपेईका चिन वई चान र सु वई सेईसँग ६-०, ६-० र ६-०, ६-१ले पराजित भए ।

सोही ईभेन्ट्सको डबल्समा विभुती कार्की र विजेसा श्रेष्ठको जोडी हाव चिङ्ग चान र युङ्ग जिन चानको जोडीसँग समान ६-० र ६-०ले पराजित भए । पुरुषहरुको टिम ईभेन्ट्सको खेल आइतबार हुनेछ ।

जुडोमा पनि नेपाल पछाडी

जुडोमा नेपालले खराव सुरुवात गरेको छ । उच्च मनोवलका साथ जुडो एरिनामा उत्रेका खेलाडीहरु अन्ततः निराश हुन पुगेका छन् ।

६० किलो तौल समूहको पुरुषतर्फ सरोज महर्जन पहिलो चरणबाटै बाहिरिएका छन् । एक मिनेट ४९ सेकेन्डमात्र टिक्न सकेका सरोज इप्पोनका आधारमा कोरियाली खेलाडी चुङ्योक किमसंग पराजित भए ।

त्यसैगरी ६६ किलो तौल समूहमा रमेश मगर मंगोलियन खेलाडी तुमुर्खुलेग दावादोर्जसँग इप्पोनकै आधारमा पराजित भए । उनी एक मिनेट ४१ सेकेन्डमात्र टिक्न सकेका थिए ।

शनिवारनै सम्पन्न महिलाको एक मात्र खेलमा ५२ किलो तौल समूहमा देविका खड्का मात्र १३ सेकेन्ड टिकेर बाहिरिइन् । उनलाई भारतीय खेलाडी कल्पनादेवी थौदामले सजिलै अयोग्य घोषित गरेकी थिइन् ।

फेन्सिङ्गमा नेपालको सामान्य प्रदर्शन

एसियाली खेलकुदमा पहिलो पटक सहभागी भएको फेन्सिङ्गले सामान्य प्रदर्शन गरेको छ । गंगा गिरी कुवेती खेलाडीसँग ५/२ र सिंगापुरका खेलाडीसँग ४/० ले पराजित भए ।

यस्तै उनी मंगोलियाका खेलाडीसँग ५/२ ले, कोरियाली खेलाडीसंग ५/० ले तथा मकाउसँंग ५/१ ले हारे । अर्का खेलाडी ओमकार सिंह हङ्गकङ्गका खेलाडीसँग ५/२ ले पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment