Comments Add Comment

चीनसँग रसुवागढी र हिल्सामा नयाँ दुई नाका खुल्ने

rasuwagadi

५ असोज, काठमाडौ । गृहमन्त्रालयले चीनसँग थप दुई नाका खोल्ने तयारी गरेको छ । रसुवाको रसुवागढी र हुम्लाको हिल्सामा नयाँ नाका खोल्न लागिएको हो ।

रसुवागढीमा १५ असोजबाट अध्यागमन कार्यालय खोल्ने गृह मन्त्रालयको तयारी छ । अध्यागमन विभागका महानिर्देशनक सुदर्शन ढकालका अनुसार कार्यालय खोल्न अन्तिम तयारी भएको छ । हिल्सामा अध्यागमन कार्यालय खोल्ने निर्णय भए पनि केही समय लाग्ने विभागले जनाएको छ, नयाँ पत्रिका दैनिकमा छ ।

रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्राउन सरकारले अध्यागमन कार्यालय खोल्न लागेको हो । चीनसँगको सिमानामा सिन्धुपाल्चोकको तातोपानीमा मात्रा अध्यागमन कार्यालयसहितको नाका छ । रसुवागढी नाका तातोपानी नाकाबाट भन्दा धेरै आयात-निर्यात हुने तथा पर्यटक आगमन बढ्ने अध्यागमन अधिकारीहरुले बताएका छन् ।

‘अब चीनसँगको मुख्य ब्यापारिक नाका बन्न गइरहेकोले अध्यागमन कार्यालय खोल्न लागेको हौं, अध्यागमन विभागका महानिर्देशक ढकालले भने ।

चिनिया पक्षले समेत नाका खुलाउन सहमति जनाएपछि अध्यागमन विभागले कार्यालय खोल्न बजेट मागेको छ ।

सार्क राष्ट्रमा पत्रकारलाई भिसा निःशुल्क

सार्क राष्ट्रहरुमा पत्रकारहरुलाई भिसा शुल्क नलाग्ने भएको छ । बुधवार सार्क राष्ट्रका अध्यागमन अधिकारीहरुको वैठकले पत्रकार तथा ब्यापारीलाई सवै देशमा भिसा शुल्न नलिने निर्णय गरेको हो । अध्यागमन अधिकारीहरुको सहमतिलाई सार्क गृहमन्त्रीस्तरको बैठकले समेत अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment