Comments Add Comment

चिनिया राष्ट्रपतिलाई इलाभेन जिनपिङ भन्ने पत्रकारको जागिर चट्

XiJinping

चिनिया राष्ट्रपति सी जिनपिङ लाई इलाभेन जिनपिङ भन्ने एक भारतीय पत्रकारले जागिरबाट हात धुनुपरेको छ । भारतको सरकारी टेलिभिजन दूरदर्शनमा समाचार वाचिकाको रुपमा कार्यरत महिला पत्रकारले बुधबार बेलुकी सी जिनपिङलाई भुलवस इलाभेन जिनपिङ भन्दै समाचार पढेपछि त्यसले चर्चा पाएको थियो ।

सी Xi लाई रोमनमा उच्चारण गर्दा इलाभेन अर्थात् एघार हुने भएकाले ती समाचार बाचिकाले चिनिया राष्ट्रपतीको नाम इलाभेन बनाइदिइन् ।

भारतको राष्ट्रिय सरकारी संचार माध्यममा कार्यरत समाचार वाचिकाले छिमेकी देशको चर्चित राष्ट्रपतीको नाम समेत नजान्नु निकै लज्जास्पद रहेको भन्दै धेरैले टिप्पणी गरेपछि दूरदर्शनले ती समाचारवाचिकालाई हटाएको हो ।

दूरदर्शन टेलिभिजनकी समाचार प्रमुख अर्चना दत्तले पत्रकारको त्यो गल्ती अक्षम्य रहेको भनदै उनलाई जागिरबाट हटाइएको पुष्टि गरिन् । उनका अनुसार ती समाचार वाचिका दूरदर्शनकी नियमित समाचार वाचिका नभएर कामचलाउ अर्थात् भैपरी आउँदा समाचार भन्ने कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment