Comments Add Comment

एमाले सभासद भन्छन्- जनजाति ककसले सकस दिन्छ

५ असोज, काठमाडौं । संविधासनभामा आदिवासी जनजाति सभासद समूह ककस बनाउँदा त्यसले जनजातिलाई सकस दिने एमाले नेताहरुले बताएका छन् ।

CPN_UML_officeअन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ र आइडिया इन्टरनेशनलको लगानीमा ककस स्थापना गर्ने प्रयास जारी रहेको भन्दै एमालेका जनजाति नेताहरुले त्यसमा नबस्ने जनाएका छन् ।

एमाले सभासद एवम् केन्द्रीय सदस्य शेरवहादुर तामाङले ककस बनाउनुको औचित्य नरहेको बताए । तामाङले अनलानइखबरसँग भने- ‘आइएएलओले अस्ति ककस बनाउनुपर्‍यो भनेर मलाई पनि बोलाएको थियो, तर म ककसको आवश्यकता छैन भन्दै गइँन । आदिवासी जनजातिका मुद्दामाथि संविधानसभाभित्रै छलफल गर्न सकिन्छ ।’

शनिवार एमालेको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बल्खुमा भएको भेलामा पनि ककस बनाउने वा नबनाउने भन्नेबारे छलफल भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार एमाले सचिव पृथ्वीसुब्बा गुरुङ ककस बनाएर जान सकिने तर त्यसले संविधानसभालाई असर गर्न नहुने पक्षमा छन् । तर, उनी सभासद छैनन् ।

एमालेका अधिकांश जनजाति सभासदहरु ककस बनाउने पक्षमा छैनन् । एमाले सभासद एबम् केन्द्रीय सदस्य यज्ञराज सुनुवारले ककस बनाएर संविधान निर्माणलाई सकस दिन नहुने बताए ।

सुनुवारले अनलाइनखबरसँग भने-‘जनजातिका मुद्दामा छलफल गर्न अनौपचारिक फोरम बनाउन सकिन्छ, तर हिजोको जस्तो ककस नै बनाएर संविधान निर्माणमा असर पार्न चाहिँ हुँदैन ।’

अघिल्लो संविधानसभा विघटनको कारक ककस नै बनेको भन्दै एमाले नेताहरुले यसपटक ककस नबनाउन नहुने धारणा राखेका हुन् । पछिल्लो पटक कांग्रेसले भने ककसमा आफ्ना दुई सभासदको नाम पठाएको छ । एमालेमा ककस बनाउन हुँदैन भन्ने मत बलियो छ ।

विदेशी दाताहरुको पैसामा ककस बनाएर हिँड्दा संविधान निर्माणको काममा अवरोध हुने तर्क एमाले सभासदहरुले गरेका छन् ।

यद्यपि एमाले बाहेक अन्य दलका जनजाति सभासदहरुको शुक्रवार नयाँ बानेश्वरमा भएको भेलाले ककसको स्वरुप निर्माण गरेको छ ।

आदिवासी जनजाति ककसको समितिमा कांग्रेसबाट दिलमान पाख्रिन र बहादुरसिंह लामाको नाम गएको छ ।

त्यस्तै एमाओवादीका गणेेशमान पुन र श्रीप्रसाद जबेगु, राप्रपाका परशुराम तामाङ, राप्रपा नेपालकी रामदुलारी चौधरी, थरुहट तराई पार्टीकी गंगा चौधर, संघीय समाजवादी पार्टीका अशोक राई छन् ।

त्यस्तै दलित जनजाति पार्टीकी यशोदा लामा, खम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी रुकमिणी चौधरी र राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापा छन् ।

एमालेले नाम नदिएका कारण ककसले औपचारिकता नपाएको र नेतृत्व पनि चयन नभएको ककस निर्माणमा सक्रिय सभासद रामकुमार राईले बताए ।

एमाले सभासदहरुले पार्टीसँग सल्लाह गरेर मात्र नाम दिने नदिने टुंग्ाो लगाउने सभासद सुनुवारले बताए ।

दलितको छुट्टै ककस

उता दलित गैरसरकारी संस्था महासंघले संविधानसभामा दलित सभासदहरुको ककस बनाउन पहल थालेको छ ।

ककस निर्माणका लागि आइएलओले दुई साता यता सभासद्हरुको भेला निरन्त गराउँदै आएको छ ।

यस्ता भेलाको खर्च सबै आइएलओ र आइडिया इन्टरननेशनलले गर्दै आएका छन् भने कार्यक्रम आयोजक जनजाति, दलित आबद्ध एनजीओहरु छन् ।

यो पनि पढ्नुहोस्

कांग्रेससहित १२ दलको जनजाति ककस बन्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment