Comments Add Comment

कमल थापा आकस्मिकरुपमा नेपाल फर्कंदै

५ असोज, काठमाडौं । आइक्यापको सम्मेलनमा भाग लिन श्रीलंका पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रलाई हृदयघात भएको खबर सुनेपछि आफ्नो भ्रमण छोट्याएका छन् ।

फाइल फोटो
फाइल फोटो

भारतमा प्रवासी नेपालीसँग बैठक गर्दै दुई दिनपछि नेपाल आउने कार्यसूची रहे पनि थापाले भारतको कार्यक्रम स्थगन गरेको राप्रपा नेपालको प्रचार विभागका नेता बासु दाहालले अनलाइखबरलाई बताए ।

यसैवीच राप्रपा नेपालले ज्ञानेन्द्रको स्वास्थ्यलाभको कामना गर्दै नर्भिक अस्पतालमा अनिवार्य उपस्थित हुन कार्यकर्तालाई निर्देशन दिएको छ । ‘अस्पतालमा यसरी भीड गरेर कार्यकर्ता भेला गर्दा विरामीहरुको उपचारमा अहसर पर्दैन ? भन्ने अनलाइनखबरको प्रश्नमा राप्रपा नेपालका नेताले भने- ‘पदमसुन्दर लावती अस्पताल पगेर उनीहरुले क्यास गर्न लागिसके, यस्तो बेलामा थापा पक्षले पनि आफ्नो उपस्थिति त देखाउनुपर्‍यो नि ।’
कमल थापासँग समानान्तर पार्टी चलाउन थालेका पूर्वसहध्यक्ष लावती भने आइतबार बिहानै नर्भिक अस्पताल पुगेका थिए ।

थापाको कार्यालयमा आहाल

यसैवीच राप्रपा नेपालका अध्यक्ष कमल थापाको पार्टी कार्यालयमा पानी पसेर आहाल बनेको छ । धुम्बाराहीस्थित पार्टी कार्याललको गाह्रोबाट पानी छिरेपछि अध्यक्ष थापाको कार्यकक्षमा पानी जमेको हो । पानी जमेपछि थापाको कार्यकक्षबाट कार्पेटसमेत निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment