Comments Add Comment

अनुगमनको विरोधमा विशाल बजारका व्यापारीले पसल बन्द गरे

Satar-banda

५ असोज, काठमाडौं । वाणिज्य विभागले अनुगमन थालेपछि व्यापारीहरुले विशाल बजारका सबै पसल बन्द गरेका छन् । चार बटा पसलमा अनुगमनपछि सबै व्यापारीहरुले सटर तानेर बसल बन्द गरेका हुन् ।

विभागको टोलीले रेडिमेट कपडा र सुकेटस तथा व्यागहरुको पसलमा खरिद र विक्रीको विल मागेर अनुगमन गरेपछि व्यापारीहरु विरोधमा उत्रिएका हुन् ।

‘हामीले अनुगमन गरिरहँदा व्यापार संघका अध्यक्षसहितका केही व्यक्ति आएर होहल्ला गरे र सबै सटेर लगाए’ बाणिज्य विभागको अनुगमन टोलीका हेरम्भराज पोखरेलले भने- हामी केहीबेर बाहिर कुरिरहृयौं तर, पसल नखुलेपछि अहिले फर्किएका छौं ।’

Bisal-bazar-banda

व्यापारीहरुले खरिद मूल्य र विक्री मुल्य नमिल्ने भन्दै अनुगमनको विरोध गरेका थिए । निकै कम मूल्यमा ल्याएको सामान १० गुणाबढीसम्म मूल्यमा विक्री भएको गुनासो आएपछि विभागले अनुगमन थालेको थियो ।

वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका महाप्रवन्धक नारायण विडारीले भने मन्त्रालयसँग समन्वय गरेर फेरि अनुगमन सुरु गर्ने बताए । उनले अनुगमनका क्रममा दोषी देखिएकाहरुलाई उपभोक्ता ऐनसँगै राजश्व छलीमा समेत छानविन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment