Comments Add Comment

सदन खुलाउने तीन दलको प्रयास फेरि असफल

५ असोज, काठमाडौं । व्यवस्थापिका संसदको अवरोध खुलाउने तीन दलको प्रयास आइतबार पनि असफल भयो । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाओवादीलाई चाहिने प्रस्तावमा कांग्रेस एमाले सहमत नभएपछि तीन दलको वार्ता निष्कर्षविहीन भएको हो ।

संसदको अवरोध खुलाउन तीन दलका शीर्ष नेताबीच वार्ता भए पनि एमाओवादीले नयाँ नयाँ अडान थपेका कारण प्रगति हुन नसकेको एमाले र कांग्रेसका नेताहरुले बताएका छन् ।  वार्तामा सहभागी एमाले प्रमुख सचेतक अग्नि खरेलले अनलाइनखबरसँग भने-‘संयन्त्रको संयोजक उहाँहरुलाई स्थायीरुपमै चाहिने भन्नुभयो, त्यसमा सहमत हुन सकिएन ।’

स्रोतका अनुसार एमाओवादीले संयन्त्रको संयोजक प्रचण्डलाई दिनुपर्ने र संयन्त्रमा मधेशवादी दललाई पनि सहभागी गराउनुपर्ने अडान राखेको छ ।

प्रधानमन्त्री कोइरालाले एमाओवादीसँग वार्ता गरेर सदनका अवरोध हटाउन कार्यवाहक प्रधानमन्त्री बामदेव गौतम र कांग्रेस एमालेका शीर्ष नेतालाई जिम्मा दिएर अमेरिका गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment