Comments Add Comment

उच्चमाध्यमिक शिक्षा परिषद्का अधिकारीलाई घाँस उपहार

५ असोज, काठमाडौं । कक्षा १२ को परीक्षाफल समयमै प्रकाशित गर्न नसकेको भन्दै अभिभावक संघ नेपालले उच्चमाध्यमिक शिक्षा परिषद्का अधिकारीलाई घाँस उपहार दिएका छन् ।

संघका अध्यक्ष सुप्रभात भण्डारीले परिषद्का सदस्य सचिव नारायण कोइरालालाई घाँसको मुठा दिए । परिषद्को गैरजिम्मेवारीपनको विरोधमा घाँस उपहार दिएको भण्डारीले बताए ।

समयमा परीक्षाफल प्रकाशित नहुँदा लाखौं विद्यार्थीको भविश्य अन्यौलमा परेको भन्दै अभिभावक संघले ज्ञापन पत्र समते बुझाएको छ ।

अध्यक्ष भण्डारीले तत्काल कक्षा १२ को परीक्षाफल प्रकाशित नगरे आन्दोलनमा उत्रने चेतावनी दिए ।

ज्ञापन पत्र बुझ्दै परिषद्का सदस्य सचिव कोइरालाले असोज ९ भित्रै परीक्षाफल प्रकाशित गर्ने बताए ।

उच्चमाध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित थरेपनि व्यवस्थापन, मानविकी र शिक्षाको रिजल्ट आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment