Comments Add Comment

हृदयघात भएका ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार

५ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार आएको छ । हृदयघात भएपछि शाहलाई शनिबार राति नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

gyanendra shahशाहको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । ‘समान्य उपचार भइरहेको छ । नर्मल रिकभेरीको फेजमा हुनुहुन्छ’ डा भरत रावलले भनेका छन् ।

शाहका निजी सचिव फडिराज पाठकले स्वास्थ्य अवस्था स्थीर रहेको भन्दै भोलि डिस्चार्ज हुने सक्ने चिकित्सकहरुले बताएको जानकारी दिए ।

कोरोनरी रक्तनलीलाई इन्जियोप्लाष्टी तथा स्टेनिङको माध्यमबाट सफलतापूवर्क खोलिएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा कठिनाइ भएपछि अस्पताल भर्ना भएका शाहलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएपछि स्वास्थ्यलाभको कमना गर्न विभिन्न दलका नेताहरु समेत अस्पताल पुगेका थिए । पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता डा. बाबुराम भट्टराईले शाहलाई नै भेटर स्वास्थ्यलाभको कामना गरेका छन् ।

आफू मानवीय नाताले ज्ञानेन्द्रलाई भेट्न अस्पताल गएको उनले बताए । पूर्व प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, तुलसी गिरी, कीर्तिनिधि विष्ट पनि अस्पताल पुगेका थिए ।

अस्पतालमा समर्थक तथा शुभचिन्तकको बाक्लो उपस्थिति थियो । पूर्वराजपरिवारका सदस्यहरुको आवत जातव बाक्लो थियो ।

ratna 1

साँझ पूर्व मूमा बडामहरानी रत्नराज्यलक्ष्मी देवी शाह पनि छोरा ज्ञानेन्द्रको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेकी थिइन् । उमेर र  स्वास्थ्यका कारण बाहिर कतै निस्कन छाडेकी रत्न छोरालाई हृदयघात भएको खबरपछि अस्पताल पुगेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment