Comments Add Comment

अकुत सम्पत्ति मुद्दामा गिरिजाप्रसादका स्वकीय पौडेललाई सफाइ

५ असोज, काठमाडौं । सर्वोच्च अदालतले स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पटक-पटक स्वकीय सचिव भएका गोकर्ण पौडेललार्इ अकुत सम्पत्ति मुद्दामा सफाइ दिएको छ ।

प्रधानन्याधीश दामोदार प्रसाद शर्मा, न्यायाधीश गोपाल पराजुली र दीपक जोशीको पूर्ण इजलासले पौडेललार्इ सफाइ दिएको हो।भ्रष्टाचार मुद्दा अनुसन्धान थालेको २ वर्ष भित्र दायर नगरेको र पौडेल सार्वजनिक पदमा नरहेको भन्दै सर्वोच्चले मुद्दा नै खारेज गरेको छ।

विषेश अदालतले पनि उनलाई पदमा वाट अवकास पाएको एकवर्ष नघाएर मुद्दा दायर गरेको भन्दै हदम्यादका आधारमा सफाई दिएको थियो।

भ्रष्टाचार निवारण ऐनमा अनुसन्धान थालेको दुई वर्ष भित्र मुद्दा दायर गरिसक्नुपर्ने व्यवस्था रहेको तर। म्यादभित्र मुद्दा दायर नगरेकाले पौडेलको भ्रष्टाचार मुद्दा खारेज भएको सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलले २ करोड ६ लाख रुपैँया बराबरको भ्रष्टाचार गरेको दावीसहित भन्दै २०६२ सालमा विषेश अदालतमा मुद्दा दायर गरेको थियो।तर, विषेश अदालतले हदम्यादको करण देखाइ सफाइ दिएको थियो।

विषेशको फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएको थियो। अख्तियारको पुनरावेदनमा सर्वोच्चका तत्कालीन न्यायाधीश वैद्यनाथ उपाध्याय र तर्कराज भट्टको संयुक्त इजलासले मुद्दाको सुनुवाई भएको थियो ।

न्यायाधीश उपाध्यायको विषेशको फैसला सदर गर्ने रायमा न्यायाधीश भट्टले राय बझाएपछि पौडेलको मुद्दा पूर्ण इजलासमा गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment