Comments Add Comment

नेपाल भारत सचिवस्तरीय बैठकमा पञ्चेश्वर आयोजना बारे छलफल हुने

६ असोज, काठमाडौं । पञ्चेश्वर जलविद्युत आयोजनालाई अगाडि बढाउन नेपाल र भारतका प्रतिनिधिहरुले छलफल गर्दैछन् । सोमबारदेखि सुरु हुने उर्जा सचिव स्तरीय बैठकमा पञ्चेश्वर जलविद्युत आयोजनालाई अगाडि बढाउने विषयमा छलफल हुने छ ।

बैठकमा नेपालका तर्फबाट उर्जासचिव राजेन्द्र किशोर क्षेत्री, सहसचिव केशवध्वज अधिकारी तथा नेपाल विद्युत विकास विभाग, सिँचाइ मन्त्रालय, जल तथा उर्जा आयोग, नेपाल विद्युत प्राधिकरणलगायतका प्रतिनिधि सहभागी हुनेछन् भने भारतका तर्फबाट उर्जास्रोत सचिव आलोक राउत नेतृत्वको टोली सहभागी हुनेेछ ।

पञ्चेश्वर जलविद्युत आयोजनालाई पनि दुवै देशको हित गर्ने लक्ष्यका साथ आयोजनालाई अगाडि बढाउन बैठक केन्द्रीत हुनेछ । पञ्चेश्वरका बारेमा २२ वर्ष अघिदेखि चर्चा चलेपनि नेपाल भारतका उच्च अधिकारीबीच पहिलो पटक यस आयोजनाका बारेमा छलफल हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment