Comments Add Comment

प्रधानमन्त्री कोइराला न्यूयोर्क पुगे

pm-koirala

६ असोज, न्यूयोर्क । संयुक्त राष्ट्रसंघको ६९ महासभामा भाग लिन गएका प्रधानमन्त्री सुशील कोइरालासहितको प्रतिनिधि मण्डल न्यूयोर्क पुगेको छ । । प्रधानमन्त्री कोइरालाले मंगलबार जलवायु सम्मेलनमा पनि संवोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै बुधबार सुरु हुने संयुक्त राष्ट्र संघको ६९ औं महासभालाई प्रधानमन्त्री कोइरालाले शुक्रबार संबोधन गर्ने कार्यक्रम रहेको छ ।

न्यूयोर्क पुगेका प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, संयुक्त राज्य अमेरिकाकालागि नेपालका कार्यवाहक राजदूत ऋषिराम घिमिरे, अमेरिकी सरकारका अधिकारी र दूवै राजदूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment