Comments Add Comment

बाढीपीडितलार्इ राहत सहयोग

टोलेडो ओहायो । अमेरिकाको टोलेडो ओहायोमा रहेका नेपालीहरुले नेपालको बिभिन्न भागमा गएको बाढीपहिरो परेका परिवारहरुको सहयोगार्थ जम्मा गरेको २० हजार रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।

टोलेडो विश्वविद्यालयका बिद्यार्थीहरुको बसोबास रहेको उक्त स्थानबाट पहिले पनि डा. चीत्र वाग्लेको परिवारलार्इ, दिलशोभा ताम्राकारको आमाघर संचालन गर्न, मोरङको लेटाङमा क्याम्पस भवन निर्माण लगायतका सामाजिक कामहरुमा आर्थिक सहयोग भएको थियो ।

यसबाहेक उक्त समूहले अमेरिकाभित्रै रहेका नेपालीहरूलाई पनि विभिन्न सहयोग गर्दै आएको छ ।

साथै नेपाल तथा प्रवासमा रहेका नेपालीहरूलार्इ सहयोग गर्न सँधै क्रियाशिल रहने त्यहाँ रहेका नेपालीहरूले बताएका छन् ।

डा. लीला राज दाहालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment