Comments Add Comment

छोराले बुहारी कुटेपछि आमा २० दिन थुनिइन्

श्याम नेपाल, पूर्वडीआइजी

जयप्रसाद सुवेदी भोजपुर जिल्लावासी हुन् । नेपाली सेनामा करिब २२ बर्ष जागिर गरेका जयको परिवारमा पत्नी पार्वती सुवेदी, छोरा प्रदीप सुवेदी, छोरी प्रमिला सुवेदी र तेस्रो सन्तान छोरा सुमन सुवेदी छन् ।

जेठो छोरा प्रदीप २५ बर्षको भए ।  ललितपुरको थैब गा.वि.वडा नं.८ का छिमेकी प्रेम लामाको चिना-परिचयले इमाडोल निवासी अधिवक्ता विद्या भट्टराई रेग्मीका दाजुकी छोरीसँग गत असार असार १८ गते प्रदिपकाे  विवाह भयो ।

kutpitविवाहपछि प्रदिप सुवेदीले पत्नीलाई दुईपटक पिटेे ।

भदौ ९ गते जयप्रसादकी सम्धीनी तीजको कोसेली लिएर ज्वाइँ छोरीका घरमा पुगिन् । भेटघाटमा आफ्नी छोरीले विवाहपछि दुईपटक पिटाइ खाएको चर्चा चल्यो ।

तर, यो श्रीमान्-श्रीमतीबीचको समस्या हो, हामीलाई पनि राम्रो लागेको छैन, छोराबुहारीलाई राम्रोसँग मिलाएर, बरू घरको साटो डेरामा राखेर भए पनि अझ नजिक बनाउन हामी तयार छौं भन्ने कुरा सुवेदी परिवारले आश्वस्त पार्दै सम्धिनीलाई पठाए ।

भदौ ९ गते भट्टराई परिवार र अधिवक्ता विद्या भट्टराई रेग्मीवीच छलफल भयो । सोही दिन बेलुकी नै प्रहरी प्रधान कार्यालयमा सम्पर्क गरियो । ललितपुरस्थित बाँडेगाउँका प्रहरी निरीक्षकलाई प्रहरी प्रधान कार्यालयबाटै अधिवक्ता विद्याले भनेबमोजिम गर्नु भनी भदौ १० गते विहान निर्देशन गयो ।

दिउँसो श्रीमान्-श्रीमती एकदम मिल्ने, राति सुतिसकेपछि मात्रै कुटपिट भएको पाइयो । तर, प्रहरीले जावलाखेलमा बुद्धिमत्तापूर्वक दुबै पक्षलाई मिलाएर घर पठायो

भदौ १० गते बिहानै अधिवक्ता विद्या भट्टराई र उनका केही सहयोगी जयप्रसाद सुवेदीको घरतिर लागे । बाँडेगाउँका प्रहरी निरीक्षक पनि अधिवक्तासँगै सुवेदीको घरभित्र पसे ।

सुवेदी परिवार अचम्ममा परे । भट्टराईका दाजुभाइले हाम्री बैनी पिट्ने तैं होस् भन्दै ज्वाइँ प्रदीप सुवेदीलाई पिट्न सुरु गरे । सुवेदी परिवारका सबै सदस्यलाई बाडेगाँउको प्रहरी कार्यालयमा लगियो । त्यसमा जयप्रसाद सुवेदीकी श्रीमती र बीबीएसमा अध्ययनरत छोरी प्रमिला सुवेदी पनि परिन् ।

बाँडेगाँउमा छलफल भएन, प्रहरीले माथिको आदेश भन्दै जावलाखेल पठायो । जावलाखेल पुगेपछि घरेलु हिंसा हो भनी महिला सेलकी प्रहरी निरीक्षकले मिहिनेत गरेर श्रीमान् श्रीमतीलाई सँगै रहनुपर्ने भनी मिलाउने कोसिस गरिन् । किन पिट्यो भन्ने कुराको जिज्ञासा पनि महिला सेलले राख्यो ।

दिउँसो श्रीमान् श्रीमती एकदम मिल्ने, राति सुतिसकेपछि मात्रै कुटपिट भएको पाइयो । तर, प्रहरीले जावलाखेलमा बुद्धिमत्तापूर्वक दुबै पक्षलाई मिलाएर घर पठायो ।

भदौ १० गते बेलुकी करिब ४:३० बजे पीडित महिलाकी फुपू अधिवक्ताले श्रीमान् श्रीमती मिलिसकेपछि पनि किन मिल्ने ? यसरी महिला हिंसा रोकिँदैन भन्ने तर्क पेश गर्दै ज्यान मार्ने उद्योगमा घरका सम्पूर्ण सदस्यहरुलाई प्रतिवादी बनाएर फौजदारी कार्यवाहीको लागि कदम चालिन् ।

अदालतमा म्याद थप्न जाँदा महिलाविरुद्ध अपराध भएको कुराले पंक्तिकारलाई पनि सूचना प्राप्त भयो र यो केश अध्ययन गर्न कुनै संस्थाबाट अनुरोध भएपछि पंक्तिकारलाई केही मात्रामा कर लाग्यो ।

महिला हिंसाविरुद्धको अपराध भएको हुँदा यस टोलीले सुक्ष्म अध्ययन गर्‍यो र सम्पूर्ण ठाउँको स्थलगत अध्ययन गर्न सुरु गरियो ।

बाँडेगाँउ प्रहरी कार्यालय, सातदोबाटो प्रहरी वृत्त, ललितपुर प्रहरी परिसर, प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागसम्म अध्ययन गर्दा भर्खर विवाह गरेका उनीहरुको घर नबिगार्न जावलाखेल महिला सेलकी महिला प्रहरी निरीक्षकले राम्रो भूमिका निर्वाह गरेको पाइयो ।

पीडित भनिएकी युवतीकी की फुपू अधिवक्ता रेग्मी महिला अपराधविरुद्ध लागेको पाइयो । यसै क्रममा यस पंक्तिकारले उनीसँग बुझ्दा, विवाह गरेको २ महिना नपुग्दै यसप्रकार सम्बन्ध बिगारेकोबारे जिज्ञासा राख्दा ज्वाइँ प्रदिप सुवेदी आफुले सोचेअनुरुप नभएको भन्ने बुझियो । अधिवक्ताले प्रहरी प्रधान कार्यालयका वरिष्ठ अधिकृतको सहयोगबाट यस्तो कदम चालेको पाइयो ।

जयप्रसाद सुवेदीले पनि आफ्नै घरमा छोराले कुटाइ खाएको भन्दै सातदोबाटोमा उजुरी दर्ता गर्न जाँदा र कार्यवाही गरी माग्दा रेग्मीको पक्षमा मात्र दरखास्त लाग्ने भनी प्रष्ट्याइयो ।

यो घटनाले केही प्रश्न उब्जाएका छन् :

जयप्रसाद सुवेदीको घरमा कसैले बल प्रयोग गर्न मिल्ने वा नमिल्ने ? नमिल्ने हो भने जयप्रसाद सुवेदीले उजुर गर्न पाउने, नपाउने ? अधिवक्ता विद्याजीको आदेशबमोजिम प्रहरी परिचालन सबै तरिकाबाट हुने हो कि हैन ? विवाह गरेको दुई महिनाभित्रै सम्बन्ध चिसिएकोमा सम्बन्ध राम्रो पार्न कोशिस गर्न गर्ने कि बिगार्ने ? यो मुद्दा ज्यान मार्ने उद्योग नै हो अथवा घरेलु हिंसा हो ? कसैको प्रभावमा प्रहरी परिचालन हुनुपर्ने अवस्था किन आयो ?

यो प्रश्न गम्भीर छ कि अब ती बुहारीको अवस्था के हुन्छ ? २० दिनमा थुनामुक्त भएपछि सुवेदी परिवारलाई रहरकी बुहारी घरमै भएको हेर्ने उत्सुकता जागेको छ

जयप्रसाद सुवेदीसँग रीतपूर्वक विवाह गरेको बुहारी अब घर आउँछिन् कि आउँदिनन् ? उनको भविष्य अब के हुन्छ ? उनलाई पुनस्र्थापित गर्न हामी के गर्दैछौं ? युवतीको इच्छाविपरीत विवाह भएकोे भए अभिवावकबाट किन गरियो ? जवरजस्ती विवाह गराउनु महिला हिंसा हो कि होइन ? विवाह गर्नु परेपछि केही महिनामै किन घर व्यवहार गर्न दिइएन ? जयप्रसाद सुवेदीकी बुहारीलाई दुई महिना नपुग्दै घर किन छोडाइयो ? सासू पार्वती सुवेदी र नन्दलाई प्रहरी हिरासतमा राख्नु साँच्चै अपराध नियन्त्रण हो कि अर्को महिला हिंसा हो ?

श्रीमान् श्रीमती रातमा मात्रै कुटपिट किन र कसरी भयो भन्नेबारे जावलाखेल महिलाको प्रहरी निरीक्षकसँग बुझ्न आवश्यक छ ।

सय अपराधी छुटुन् तर एउटा पनि निरपराधी व्यक्ति थुनामा नपरोस् भन्ने कानूनी मान्यता छ । लोग्ने-स्वास्नीको कुटपिटमा बिहाबारीको महल तथा महिला हिंसा बिरुद्ध कारवाही गर्नेतर्फ आकषिर्त नभई ज्यान मार्ने उद्योगजस्तो गम्भीर अपराधमा अनुसन्धान गर्नु कतिको जायज होला ? यसलाई पनि खुला समाजमा खुला छलफल गर्न जरुरी छ ।

यो पंक्तिकारलाई कुनै अड्डा वा सम्मानित अदालतबाट सहयोगको लागि बोलाइएमा आफ्नो अनुभव प्रस्तुत गर्न तयार छ । तर, यो आलेख तयार पार्दापार्दै प्रदीप सुवेदी, पार्वती सुवेदी र प्रमिला सुवेदी तीनैजनालाई २० दिनसम्मको हिरासतमा राखी जिल्ला न्यायाधिवक्ता ललितपुरकहाँ मिसिल पुग्यो ।

विद्वान जिल्ला न्यायाधिवक्ता ज्यूबाट प्रहरीले गरेको अनुसन्धान र रायसमेतलाई अध्ययन गरी सुक्ष्म दृष्टि पुर्‍याई तीनैजनालाई मुद्दा नै नचल्ने गरी छाडिदिनु भनी प्रहरीलाई लेखेको हुँदा प्रहरीवृत्त सातदोबाटोेको यति ठूलो २० दिनको मेहनत खेर गएको छ । र, सातदोबाटो प्रहरीवृत्तको क्षमता र नियतमा प्रश्न चिन्ह लागेको छ । तीनैजना अभियुक्तहरु भदौ २९ गते २० दिन थुनामा बसेर मुद्दा नचल्ने गरी छुटेका छन् ।

मुद्दाको शुरुमा एकदम राम्रोसित ज्यान मार्ने उद्योगमा प्रमाण पुर्‍याउन एउटा खुकुरी कतैबाट ल्याउनु भन्ने विद्वान अधिवक्ताको निर्देशनबमोजिम बाँडेगाउँका प्रहरी निरीक्षकको टोलीले बरामदी मुचुल्का नै नगरी एउटा भुत्ते खुकुरी पनि प्रहरी कार्यालयमा पेश गर्न लगाइएको थियो ।

अन्त्यमा, यो प्रश्न गम्भीर छ कि अब ती बुहारीको अवस्था के हुन्छ ? २० दिनमा थुनाबाट मुक्त भएपछि जयप्रसाद सुवेदी परिवारलाई रहरकी बुहारी घरमै भएको हेर्ने उत्सुकता जागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment