Comments Add Comment

होन्डाको ‘जिम्मेवार चालक म’ प्रतियोगितामा काठमाडौं विश्वविद्यालय प्रथम

Honda-Programme
६ असोज, काठमाडौं । होन्डा बाइकले आयोजना गरेको ‘जिम्मेवार चालक म’ कलेज प्रतियोगितामा काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टसको टीम प्रथम हुन सफल भएको छ ।

असोज ४ गते ज्योति भवनमा सम्पन्न भएको ग्रान्ड फिनालेमा उक्त टीम प्रथम हुन सफल भएको हो । होन्डोको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले कर्पाेरेट सामाजिक दायित्व अन्तर्गत यो प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरुले सुरक्षित सवारी तथा सडक अनुशासनलाई प्रोत्साहित गर्न उपयोगी कन्सेप्टहरु प्रस्तुत गरेका थिए । जुन २१ तारिखदेखि सुरु भएको प्रतियोगितामा विभिन्न कलेजका १७ टिमहरु छनौट भएका थिए ।

उक्त टीमहरु चार चरणबाट छनौट हुँदै र छाँटिदै अन्तिम चरणमा मात्र तीन टीमले प्रवेश गरेका थिए । यी चरणहरुमा टीमहरुलाई उनीहरुको कन्सेप्ट तथा प्रपोजललाई अझै निखार्न कस्ट तथा तकनीकी मेन्टर प्रदान गराइयो ।

यी कन्सेप्ट तथा आइडियाहरुलाई इन्फोग्राफिक्समा परिणत गरेर होन्डा नेपालको फेसबुक पेजमा राखिएको कम्पनीले जनाएको छ ।

ग्राण्ड फिनालेमा प्रमुख अतिथिका रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधी उपस्थित थिए ।

प्रतियोगिताका निणर्ायक टोली सदस्यहरुमा महानगरीय ट्राफिक प्रहरीका प्रहरी नायव महानिरिक्षक केशव प्रसाद भट्टराई, आरएपी डिपार्टमेन्ट अफ इन्टरनेशनल डेभलपमेन्टका डेपुटी प्रोजेक्ट म्यानेजर अर्जुन पौडेल, इन्डिपेन्डेन्ट ट्राफिक कन्सल्टेन्ट सुभाष ढुंगाना तथा स्याकार ट्रेडिङ्ग प्रालिकी चिफ ब्राण्डिङ अफिसर श्रीजना ज्योति रहेका थिए ।

प्रतियोगिताका विजेता टीमले बैंककले रोड सेफ्टीतर्फ गरेको पहलको बारेमा अध्ययन गर्न बैंककको शैक्षिक भ्रमण गर्ने अवसर जितेका छन् ।

दोस्रो स्थानमा रहेको हिमालयन हृवाइट हाउसका टीम गोर्खाली र तेस्रो स्थानमा रहन सफल टीम प्रयास परिवर्तनले क्रमशः फिलिप्स होम थिएटर सिष्टम र फिलप्स मोबाइल डक स्पिकरहरु जित्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment