Comments Add Comment

अमेरिकाको टेक्सासमा बडादसैंको सांस्कृतिक साँझ हुने

टेक्सास । नेपालीहरुको महान चाड बडादसैंको अवसरमा अमेरिकाको टेक्सासमा आगामी साता दसैं सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपाली समाज टेक्सासको आायोजनामा सेप्टेम्बर २७ मा हुने ‘दसैं सांस्कृतिक साँझ’ ख्यातीप्राप्त लोकगायक मीलन लामाको सहभागीता रहने आयोजकले जनाएको छ ।

गायक लामा अमेरिकाको एक महिने साङ्गीतिक यात्रामा छन् । गायक लामाको माझी दाई पोखरा फेवा तालको, कृष्ण भीरमा जाम परयो जस्ता गीतहरु छन् ।

बडादसैंको अवसरमा गर्न लागिएको सांस्कृतिक कार्यक्रममा लोक गायक मीलन लामासँगै  सुप्रसिद्ध लोकगायिका शान्ति भण्डारीको युगल दोहोरी समेत प्रस्तुत गरिनेछ ।  सेप्टेम्बर २७ तारिख शनिवार अमेरिकाको टेक्ससको ड्यालस सहरस्थित इर्विंग आर्ट्स सेन्टरमा  कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

नेपाली समाज टेक्ससका अध्यक्ष भुवन आचार्यले दशैँको कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको बताए । नेपाली समाज  टेक्ससले संस्थाको स्थापनाकाल सन् १९९८ देखि दसैंको अवसरमा हरेक वर्ष सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

सोही कार्यक्रममा निशान कार  लगायत थुप्रै आकर्षण उपहार राखिएको चिठ्ठा पनि खोलिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

विकासराज न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment