Comments Add Comment

माल्भिकाको प्रश्न- अब हामीले बूर्का लगाएर हिँड्ने ?

Malvika and Priyanka 1

६ असोज, काठमाडौं । नेपाली नायिका एवं सेलिब्रेटीहरुले आफूलाई मिडियाले खेदो गरेको भन्दै चित्त दुःखाएका छन् ।

नायक-नायिकावीचको सम्वन्ध, पहिरन र यस्तै विषयहरुमा सेलिब्रेटीहरुलाई गसिप बनिरहेको बेला नायिका प्रियंका कार्की र माल्भिका सुब्बाले यस्तो गुनासो गरेका छन् ।

पछिल्लोपटक भित्री बस्त्र देखिएको तस्वीर र समाचार प्रकाशित भएपछि अचेल कार्यक्रममा जाँदा आफू झस्किने गरेको प्रियंकाले बताइन् । माल्भिकाले पनि कार्यक्रममा जाँदा आफू केही नदेखियोस् भनेर सचेत हुने गरेको बताइन् ।

एनेसल नेपाल साहित्य महोत्सवको अन्तिम दिन सोमबार नायिका प्रियंका कार्कीसँगै माल्भिका सुब्बा र निलु डोमाले मिडियामा बन्ने गरेका सेलिब्रेटी गसिपबारे बहस गरेका हुन् ।

‘मेरो पनि केही खिच्ने हो कि, देखिइहाल्छ कि भन्ने लाग्छ’ पूर्वमिस नेपाल एवं नायिका माल्भिकाले भनिन्-‘अब बुर्का लगाएर हिँड्नुपर्ने हो कि ?’

तर, आफूले गोप्य अंग देखाउनुपर्छ भन्न नखोजेको सुब्बाले प्रष्ट पारिन् ।

Malvika and Priyanka

माल्भिकाले भनिन्- ‘केही नदेखियोस् भनेर हजारचोटि चेक गर्नुपर्छ । मिडियाका अगाडि जाँदा ‘कन्ट्रोल माल्भिका कन्ट्रोल’ भनेर आफैंलाई भन्छु ।’

पत्रिकाले ‘डाइनिङ सेक्स मनपर्छ’ भनेर लेखिदिएकोमा झस्केकी नायिका प्रियंका कार्कीले एनसेलको बहस कार्यक्रममा आउँदा पनि आफूलाई ‘ला यहाँ त टेबल नै रहेछ, मिलाएर बस्नुपर्छ’ भन्ने लागेको सुनाइन् ।

महिलालाई मात्रै लक्षित गरिएको गुनासो

मिडियामा महिलालाई मात्रै टार्गेट गरिने गरिएको भन्दै नायिका कार्कीले किन पुरुषको ‘सिक्स प्याक’ लगायतका विषयमा गसिप बन्दैन भन्ने प्रश्न गरिन् । बलिउड नायिका दिपिका पादुकोणको विषयमा पनि विवाद भएको भन्दै कार्कीले भनिन्- ‘हामीसँग यस्तो शरीर गिफ्ट छ, जसलाई हेर्न चाहन्छ ।’

तर, कुनै पनि महिलाले चर्चाका लागि यस्तो नगर्ने भन्दै उनले अनावश्यक मसला बनाउन नहुने बताइन् । स्कर्ट लगाएका कारण उप्परखुट्टी लगाएर बसेकी प्रियंकाले भनिन्-‘अब म यसरी बस्दा खुट्टा दुख्यो र यसो हटाएँ भने यहाँ क्यामेरा तेर्सिन्छ । केही देखिन पनि सक्छ ।’

‘मिडिया अट्याक’ को अनुभव

कार्यक्रममा माल्भिका र प्रियंकाले आफूहरुमाथि भएको ‘मिडिया अट्याक’बारे बहस गरे ।

नायिका माल्भिकाले अनलाइनखबरलाई दिएको एक अन्तर्वार्तामा राजा मनपर्छ भनेकोमा ‘राजावादी’ भनेर समाचार आएपछि आफूलाई राजावादी, बाहुन जस्ता आरोप लागेको बताइन् ।

Priyanka karki

नायिका प्रियंकाले अमेरिकाबाट फर्किएलगतै दिएको अन्तर्वार्ताको चर्चा गरिन् । एक साप्ताहिक पत्रिकामा प्रकाशित संक्षिप्त अन्तर्वार्तामा ‘डाइनिङ टेबल सेक्स मन पर्छ’ भन्ने छापिएको भन्दै उनले गुनासो गरिन् ।

त्यसबारे स्पष्टीकरण दिँदै प्रियंकाले भनिन्- ‘सेक्स एजुकेशनबारे कुरा गरेको थिएँ, तर ट्वीस्ट भएर आयो र त्यस्तो हेडलाइन बन्यो ।’ अहिले पनि फेबसुकमा उक्त अन्तर्वार्ता पोष्ट गरेर आफूलाई ट्याग गर्ने गरेको भन्दै कार्कीले भनिन्-‘कतिपयले त हामी पनि जाने होइन डाइनिङ टेबलसम्म ? भन्छन् ।’

कार्कीले यसो भनिरहँदा माल्भिकाले थपिन्- ‘अनि त्यही डाइनिङ टेबलले टाउकोमा हान्नुपर्छ ।’

नायिका कार्कीले पत्रकारसँग छलफल र विवाद भएकै कारण समेत उनीहरुले बहिस्कार गर्ने गरेको गुनासो पोखिन् । लगातार मिडियाबाट आक्रमण हुँदा कन्फिडेन्ट हराउने र मिडियासँग फेस गर्न डर लाग्ने उनले अनुभव सुनाइन् ।

चलचित्र उद्योग मात्रै नभएर जहाँ पनि महिला हिंसा हुने गरेको भन्दै नायिकाहरुले समाजले के भन्छ भनेर डराउन नहुने र आफ्नो आवाज उठाउनुपर्ने बताएका छन् ।

निलु डोमाले पुरुषप्रधान समाजका कारणले पनि यस्तो समस्या आएको बताइन् ।

भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment