Comments Add Comment

क्यान्सरबाट मुक्त भए प्रधानमन्त्री कोइराला

susil-koirala

७ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला क्यान्सर मुक्त भएको चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य परीक्षणका लागि अमेरिका पुगेका कोइरालाको स्वास्थ्य परीक्षणपछि उनमा देखिएको क्यान्सर नदेखिएको र अब क्यान्सर मुक्त भएको कोइरालाका निजी चिकित्सक प्राध्यापक डाक्टर करवीरनाथ योगी जानकारी दिए ।

कोइरालाको पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार मेमोरियल स्लोन केटरिड. क्यान्सर अस्पतालमा अनुगमन स्वास्थ्य परीक्षण सम्पन्न भएको थियो । प्रधानमन्त्रीले रेडियो थेरापी लिएको ६ हप्ता पछि यो फलोअप चेकअप गराएका हुन् ।

मेमोरियल स्लोन क्यान्सर अस्पतालमा डाक्टर मञ्जित बैन्सले कोइरालाको रगत परीक्षण, सीइसीटी, चेस्ट र पीइटी(पेट) स्क्यान गराएका थिए । सबै परीक्षण रिपोर्टहरुको विश्लेषण पछि कोइराला क्यान्सर मुक्त भएको बैन्सले बताएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीको फोक्सोमा देखिएको सेतो दाग पनि रेडियो थेरापी उपचार पछि हटेको चिकित्सक योगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment