Comments Add Comment

पीडीए र पीटीएको विरोधमा शान्तिबाटिकामा र्‍याली

७ असोज, काठमाडौं । सरकारले गरेको माथिल्लो कर्णाली परियोजना सम्झौता (पीडीए) र उर्जा व्यापार सम्झौता (पीटीए) को विरोधमा नेकपा-माओवादीले विरोध र्‍याली गर्ने भएको छ ।

सरकारले राष्ट्र हित विपरीत उक्त सम्झौता गरेको भन्दै सम्झौता खारेज गर्न माग गरेर विरोध र्‍याली प्रदर्शन गर्न लागेको नेकपा -माओवादीले जनाएको छ ।

नेकपा-माओवादीले दिउँसो एक बजे शान्तिबाटिकाबाट र्‍याली निकाल्ने जनाएको छ । उक्त र्‍याली बसन्तपुर डबलीमा पुगेर कोणसभामा परिणत हुनेछ ।

मध्य तथा सुदूरपश्चिम बन्द आह्वान

नेपाल-भारतबीच सम्पन्न उर्जा विकास सम्झौता पिडीएले राष्ट्रघात भएको भन्दै नेकपा-माओवादीले मंगलवार मध्य तथा सुदूर पश्चिममा बन्दको आव्हान गरेको छ ।

बन्दका कारण जिल्लाको जनजीवन प्रभाबित भएको छ । बन्दले कालिकोट जुम्ला मुगु जान हिडेका यात्रुहरु कालिकोटको जितेवजार, दैलेखको खिड्की ज्यूलामा रोकीएका छन् ।

बन्दको आव्हान गर्दै मंगलवार नेकपा-माओवादी कार्यकर्ताले मान्ममा र्‍याली निकालेका थिए । नेकपा-माओवादी पिडीए सम्झौता खारेजीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment