Comments Add Comment

साहनालाई अन्तिम श्रद्धाञ्जली दिन शीर्ष नेताहरु बल्खुमा

sahana

७ असोज, काठमाडौं । नेकपा एमालेकी नेतृ साहना प्रधानको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जिली अर्पण गर्न शीर्ष नेताहरु एमाले पार्टी कार्यालय बल्खुमा पुगेका छन् ।

सोमबार राति निधन भएकी नेतृ प्रधानको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालय बल्खुमा राखिएको छ । प्रधानको पार्थीव शरीरमा एमाले उपाध्यक्ष तथा गृहमन्त्री वादेव गौतम र नेता माधवकुमार नेपालले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यस्तै अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डा ओडाएर प्रधानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानलाई श्रद्धाञ्जली अर्पण गर्न एमाओवादी नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ बल्खु पुगेका थिए । त्यस्तै कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौलाले पनि बल्खु पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अन्य दलका नेता तथा कार्यकर्ताहरु पनि अन्तिम श्रद्धाञ्जलीका लागि बल्खु पुगेका छन् ।

प्रधानको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment