Comments Add Comment

एनसेलले गरायो एप क्याम्पको जानकारी, दुई सय डेभलपर सहभागी

Ncell-Apps-Camp-Brifing

७ असोज, काठमाडौं । एनसेल एपक्याम्प २०१४ मा भाग लिन उत्सुक युवाहरुलाई उक्त प्रतिस्पर्धाको बारेमा जानकारी दिन एनसेलले सोमबार डिब्रीफिङ कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा दुई सय भन्दा बढी विद्यार्थी तथा इच्छुक डेभलपरहरुले भाग लिएका थिए ।

देशमा रहेको डिजिटल सम्भावनालाई अगाडि ल्याउन र युवा डेभलपरहरुलाई नवीनतम व्यवसाय निर्माण गर्न प्रेरित गर्ने उद्देश्यले एनसेलले आफ्नो कर्पोरेट सामाजिक जिम्मेवारी अन्तर्गत मोबाइल एप्लिकेशन बनाउने प्रतिस्पर्धा गर्न लागेको हो ।

कार्यक्रममा सहभागीहरुलाई प्रतिस्पर्धामा भाग लिनका लागि ध्यान दिनुपर्ने कुराहरु ल्ागायत सम्पूर्ण प्रकृयाको वारेमा जानकारी दिइएको थियो । सहभागीले पनि छन्ौाट प्रकृया, आफूले बनाएको एप्लिकेसनको स्वामित्व कसको हुनेलगायतका विषयमा जिज्ञासा राखेका थिए । एनसेलका प्रतिनिधि तथा संलग्न व्यक्तिहरुले उक्त प्रश्नहरुको जवाफ दिएका थिए ।

कार्यक्रममा मोवाइल एपका विज्ञहरुले सहभागीहरुलाई प्राविधिक जानकारी तथा आफ्ना व्यक्तिगत अनुभवहरु प्नि सुनाएका थिए ।

काठमाडौं विश्वविद्यालयमा अर्थशास्त्र विषयमा स्नातक गरिरहेका सुशान्त आचार्यले कार्यक्रमले उनलाई एनसेल एपक्याम्प २०१४ बारे पूरा जानकारी दिई स्पष्ट पारेको र चाडै नै आफ्नो समूह बनाएर प्रतिस्पर्धामा भाग लिने योजना सुनाए ।

त्यसैगरी काठमाडौं विश्वविद्यालयमा कम्प्युटर साइन्स तथा इन्जिनियरिङ अध्ययन गरिरहेका चन्दन गुप्ताले एनसेलले ल्याएको यो कार्यक्रमले आफूजस्ता विद्यार्थीहरुका लागि एउटा सुनौलो अवसर दिएको र यसमा सहभागी भई समूहमा काम गर्ने कौशल तथा समुदायमा चिनिन पनि सकिने सम्भावना रहेको बताए ।

गुप्ताले उपभोग्य वस्तुको मूल्यबारे जानकारी दिने तथा भविष्यमा हुनसक्ने मूल्यको प्रक्षेपण गर्न सक्ने मोवाइल एप बनाउने दावी गरे ।

एनसेल एपक्याम्प २०१४ मोबाइल एप्लिकेशन बनाउने एक प्रतिस्पर्धात्मक कार्यक्रम हो । जसअन्तर्गत सहभागीले पहिला विश्वव्यापी र स्थानीय एप व्यवसायबारेे ज्ञान, एप बनाउने कौशल र यसको वरिपरि व्यवसायको निर्माण गर्नेबारे जानकारी प्राप्त गर्ने र त्यसपछि एक-अर्कासँग प्रतिस्पर्धा गरि आकर्षक पुरस्कार जित्न सक्छन् ।

प्रतिस्पर्धा कृषि, कर्पोरेट सल्युशन, शिक्षा र पर्यटन गरि जम्माचारवटा विधाहरुमा हुनेछ । यसमा एप डेभलपर र यस सम्वन्धि चासो राख्ने समूहले निःशुल्क भाग लिन सक्नेछन् ।

हरेक विषयगत विजेताले रु.२ लाख ५० हजारको नगद पुरस्कार जित्नेछन् भने मुख्य विजेताले थप रु. ५ लाखका साथै विदेशमा हुने यस्तै खाले एप क्याम्पमा सहभागी हुने मौका पनि जित्ने छ । प्रतिस्पर्धामा भाग लिन डेभलपर समूहले २०७१ कार्तिक ११ गते दिनको १२ बजेसम्म आफ्नो समूह तथा आइडिया दर्ता गरिसक्नु पर्ने एनसेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment