Comments Add Comment

‘आभाष’लाई यूरोपमा देखाउन निर्माताको कसरत

aavash-movie
पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आभाष’लाई यूरोपका विभिन्न देशमा देखाउन निर्माता गोविन्द शाही अगाडि सरेका छन् । नेपालबाहिरको बजार विस्तार हुँदै गएपछि निर्माताहरु प्नि लगानी सुरक्षित गर्न कस्सिएका हुन् ।

यसका लागि निर्माता शाही यूरोप जान लागेका हुन् । उनले आफू यूरोपका विभिन्न शहरमा पुगेर सिनेमाको प्रचार र प्रदर्शनको चाँजोपाजो मिलाउन लागेको जानकारी दिएका छन् । जर्मनसँगै विभिन्न मुलुकक पुगेर गोविन्दले चलचित्रको प्रदर्शन मिलाउनुको साथै उनलै निर्माण गरेको ‘पराई’ सिनेमाको शो समेत गर्नेछन् ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो सिनेमामा संयम पुरी, आश्मा डीसी, निशा अधिकारी, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment