Comments Add Comment

हिँड्दा हिँड्दै जन्मिएका एक शिशुको मृत्यु, अर्का घाइते

७ असोज, वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको लापरवाहीका कारण एक नवजात शिशुको मृत्यु भएको छ ।

प्रसुति गृहमा सन्तान भर्ना भएकी रौतहट जिल्ला सन्तपुर गाविस निवासी भगवति चौधरीलाई भीडीओ एक्सरे गराउन चिकित्सकले सल्लाह दिएका थिए । भीडीयो एक्सरे गराउन महेन्द्र आरोग्य भवनतर्फ जाने क्रममा अस्पतालले व्हील चेयर तथा स्टे्रचरको उचित व्यवस्था नगरेको कारण पतिको सहारा लिएर जादाँ बाटोमा शिशु जन्मेको थियो ।

तर, शिशु जन्मने क्रममा बाटामा खसेको र उनको टाउकोमा चोट लागेको कारण घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसैगरी मंगलबारै भीडीओ एक्सद्दरेका लागि जाँदा अर्की एक महिलाले पनि बाटोमा शिशु जन्माएकी थिइन् । तर, ती शिशु भने समान्य घाइते भएका छन् ।

अस्पतालले प्रसुती गृहमा भर्ना भएकाहरुलाई भीडीओ एक्सरेसम्म पुर्‍याउने उचित व्यवस्था नगर्दा यस्तो दुःखद घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment