Comments Add Comment

सरकारले भन्यो-खाना र औषधी नखानु नै नन्दप्रसादको निधनको कारण

७ असोज, काठमाडौं । खाना र चिकित्सकले सिफारिस गरेको औषधी सेवन नगरेकै कारण नन्दप्रसाद अधिकारीको निधन भएको सरकारले बताएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंह मल्ल्ले मंगलबार विज्ञप्ति जारी गरी अधिकारीको जीवन रक्षाका लागि हरसम्भव उपाय अवलम्बन गरेको बताएको छ ।

वीर अस्पतालमा उपचारका क्रममा नन्दप्रसाद अधिकारी ।
वीर अस्पतालमा उपचारका क्रममा नन्दप्रसाद अधिकारी ।

छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसनमा रहेका नन्दप्रसादको सोमबार निधन भएको थियो ।

सरकारले नन्दप्रसादकी पत्नी गंगामायालाई समेत अनसन तोड्न आग्रह गरेको छ । जारी अनसन अन्तगरी मुलुकको प्रचलित कानून तथा न्यायिक प्रकृयामा विश्वास गर्दै सोही अनुसार न्याय प्राप्तिका लागि अग्रसर हुन नेपाल सरकार अनसनरत गंगामाया अधिकारीलाई पुनः आग्रह गर्दछु विज्ञप्तिमा भनिएको छ ।

हत्यामा संलग्न रहेको देखिएका रुद्र आचार्य देश बाहिर रहेको र उनलाई झिकाउन इन्टरपोलमार्फत नोटिस जारी गरिसकेको भन्दै सरकारले अनसनलाई असान्दर्भिक भनेको छ ।

पीडकलाई कानून बमोजिम कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सरकार प्रतिवद्ध रहेको भन्दै विज्ञप्तिमा भनिएको छ-राहत, पूर्ववत पूर्नस्थापना, उचित क्षतिपूर्ति र सुरक्षाको भरपर्दो प्रबन्ध गर्ने नेपाल सरकारको प्रतिवद्दता हालका दिनमा पनि कायमै छ ।

नन्दप्रसादलको निधनपछि पनि न्यायीक उपचारको प्रक्रिया जारी रहने सरकारले बताएको छ । साथै गंगामायाको उपचार खर्च पनि व्यहोर्ने सरकारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment