Comments Add Comment

साहनाको परिवारमा अर्को बज्रपात, छतबाट खसेर नातिको निधन

७ असोज, काठमाडौं । साहना प्रधानको निधनको शोकमा रहेको उनको परिवारमा अर्को बज्रपात परेको छ ।

सहनाका साहिँला देवर गौरीलाल श्रेष्ठका ३ वर्षका नाति जेनिशको मंगलबार मरुटोलमा छतबाट खसेर मृत्यु भएको परिवारका सदस्यलाई उदृत गर्दै एमाले नेता सूर्य थापाले जानकारी दिए ।

एमाले नेतृ प्रधानको सोमबार अबेर निधन भएको थियो । उनको निधनभएपछि बच्चा हेर्ने उचित वातावरण नहुँदा जेनिस पाँच तलाबाट खसेको पारिवारिक स्रोतले जनाएको छ ।

जेनिस छतबाट खसेको खबर आएलगतै साहनाका छोरा उमेश र कान्छा देवर विजयलाल  घर गएका थिए । तर, जेनिशलाई वीर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ ।

मंगलबार अपराहृन साहनासँगै उनका नाति जेनिशको पनि पशुपति आर्यघाटमै अन्त्येष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment