Comments Add Comment

१४ अंकले बढ्यो नेप्से, कारोबार भने २७ करोड मात्रै

७ असोज काठमाडौं । मंगलबारा १४ अंकले बढेर नेप्से परिसूचक ८९६ अंकमा पुगेको छ । नेप्से आइतबार १६ अंकले र सोमबार १.६४ अंकले घटेको थियो ।

जलविद्युत बाहेक सबै सूचक बढेपनि नेप्से बढेको हो । यो दिन जलविद्युत समूहको सूचक भने ३६ अंकले घटेको छ ।

मंगलबार वाणिज्य बैंक समूहको सूचक १९ अंकले बढेको छ । यो समूहको मात्रै १४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

त्यसैगरी बीमा समूहको सूचक ८७ अंकले, वित्त कम्पनी समूहको ९ अंकले, विकास बैंक समूहको सूचक साढे ७ अंकले र होटल समूहको सूचक ६ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो दिन २१ सय २५ कम्पनीका ८ लाख ३८ हजार कित्ता सेयर २८ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ । नेप्से बढेपनि खरिद चाप भने बढ्न सकेन ।

यो दिन ग्लोवल आइएमई बैंकको सबैभन्दा धेरै २ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment