Comments Add Comment

अहिले दर्शकलाई डान्सिङ गीत चाहिन्छः मिलन अमात्य

Milan-Amatya1
काठमाडौं । पछिल्लोपटक ‘मधुर मिलन’ नाम राखेर एल्बम निकालेकी मिलन अमात्य दर्शकले मन पराउने गायिका मानिन्छिन् ।

मिलनका केही गीत दर्शकले अध्यधीक मन पराएका छन् । तर, मिलनको अनुभवमा अहिलेका दर्शकहरु ‘कमर्सियल’ भएका छन् ।

‘अहिलेका दर्शक कमर्सियल भएका छन्, त्यसैले डान्सिङ गीत बढी मन पराउँछन् ।’ उनले भनिन् ।

त्यसको अर्थ मेलोडियस गीत सुन्दैनन् भन्ने होइन । तर, अहिलेका तन्नेरी पुस्ताका दर्शकलाई मेलोडियस गीतले झट्टै तान्दैन । दर्शकका ती चाहना पूरा गर्न आफु प्रतिबद्ध भएको उनले बताइन् ।

 सामाजिक सञ्जाल सहयोगी

सीआरबिटीबाट खासै राम्रो आम्दानी हुँदैन । पाइरेसीको समस्या त छ नै, सामाजिक सञ्जालमा जताततै आफ्नो गीत र भिडियो देखिँदा चित्त दुखाउँछन् कतिपय गायक गायिकाहरु । तर, मिलनलाई लाग्छ, सामाजिक सञ्जाल आफैंमा प्रभावकारी भएको छ ।

सामाजिक सञ्जालले दर्शक र कलाकारवीच पुलको काम गरेजस्तो लाग्छ उनलाई । फेसबुक, ट्वीटरलगायतका सञ्जालहरु पनि प्रचार प्रसारको गतिलो माध्यम हो जस्तो लाग्छ उनलाई ।

स्टेजकै भर

दुईवटा भिडियोको खर्च जोड्दा एउटा एल्बम तयार पार्न कम्तिमा ७ लाख खर्च हुन्छ । एल्बम बिक्रीको कुरा गर्ने हो भने लगभग सून्य छ ।

गायक गायिकाको आय आर्जनको माध्यम स्टेजमात्रै भएको अनुभव गरेकी मिलन स्टेजको कमाइ भने राम्रै रहेको बताउँछिन् ।

पछिल्लो एल्वम

नेपाली दर्शकको रोजाइमा परेकी मिलनको पछिल्लो एल्बम आम दर्शकलाई सर्वस्वीकार्य हुने विश्वास उनले गरेकी छिन् । ५ वटा गीतहरु रहेको एल्बममा राजुबाबु श्रेष्ठको एकल शब्द छ भने सुनील मास्केको म्युजिक कम्पोज र सचिन सिंहको अरेन्जमेन्ट छ ।

‘मेरो स्वर रहेको यो एल्बममा सबै एकल हो ।’ एनसेलको कार्यक्रमको सिलसिलामा दाङ पुगेकी मिलनले अनलाइनखबरसँग भनिन् । पाँचमध्ये दुईवटा गीतको भिडियो बनाएकी मिलन भिडियोबाट गीतको प्रचार सजिलो हुने धारणा राख्छिन् । तस्वीर अार्टीस्ट नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment