Comments Add Comment

उपराष्ट्रपति झा भोलि ल्हासा जाँदै

७ असोज, काठमाडौं । उपराष्ट्रपति परमानन्द झा चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा जाने भउका छन् ।

असोज ९ देखि ११ गतेसम्म आयोजना हुने प्रथम चीन-तिब्बत पर्यटन तथा सांस्कृतिक मेलामा भाग लिन उपराष्ट्रपति ल्हासा जान लागेका हुन् ।

तिब्बतको संस्कृति मन्त्रालय र राष्ट्रिय पर्यटन केन्द्रले संयुक्त रूपमा आयोजना गरेको मेलामा सहभागी भई उपराष्ट्रपति झा कैलाशमान सरोवर यात्रामा जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण दलमा उपराष्ट्रपतिकी धर्मपत्नी, उपराष्ट्रपतिको कार्यालयका सचिव राजकुमार मल्ल, परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेललगायत छन् ।

उपराष्ट्रपति झा असोज १३ गते स्वदेश र्फकने कार्यक्रम छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment