Comments Add Comment

दसैं बिदामा बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

७ असोज, काठमाडौं । सर्वोच्च अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतमा दसैं विदामा पनि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ ।

विजयादशमीको अवसरमा घटस्थापनादेखि कोजाग्रत पूणिर्मासम्म बन्द अदालत बन्द भए पनि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइका लागि इजलास खुल्ला रहनेछ । काठमाडौँ उपत्यकामा सर्वोच्च अदालत, काठमाडौँ बाहिरका पुनरावेदन अदालत र पुनरावेदन अदालत नभएका अन्य जिल्लाका अदालतमा बिदा अवधिभर इजलास खुल्ला गरिने भएको हो ।

घटस्थापना, कोजाग्रत पूणिर्मा र शनिबारबाहेक अन्य दिन इजलास खुल्ला गरिने सर्वोच्च अदालतका सहायक प्रवक्ता बाबुराम दाहाल जानकारी दिनुहुन्छ ।

उहाँका अनुसार एकजनामात्र न्यायाधीश भएको जिल्ला अदालतमा सम्बन्धित न्यायाधीशले र दुई वा सोभन्दा बढी न्यायाधीश भएको जिल्ला अदालतमा सम्बन्धित अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले निर्णय गरी त्यस्ता रिटमा सुनुवाइ गर्न सबै जिल्ला अदालतमा पत्राचार भइसकेको छ । तर, पुनरावेदन अदालतमा भने सम्बन्धित अदालतको पूर्ण बैठकले इजलासको व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ ।

बिहान ११ बजेदेखि अपराहृन ३ बजेसम्म सञ्चालन हुने इजलासमा अपराहृन १ बजेसम्म दर्ता हुन आएका बन्दीका निवेदनमा सोही दिन सुनुवाइ गर्ने र १ बजेपछि दर्ता हुन आएका त्यस्ता निवेदनको सुनुवाइ भोलिपल्ट सुनुवाइ गर्ने व्यवस्था मिलाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment