Comments Add Comment

छातीमा तेश्रो स्तन थपिन् २१ वर्षे युवतीले (भिडियो सहित)

jasmine

सबै युवतीको चाहना राम्री बन्ने हुन्छ । सुन्दर बन्नका लागि युवतीहरुले जुनसुकै मूल्य चुकाउन पछि पर्दैनन् र आफ्नो बुताले भ्याएसम्म खर्च पनि गर्छन् । तर एक जना अमेरिकी युवतीले भने नराम्री देखिनका लागि मोटो रकम खर्च गरेकी छिन् ।

फ्लोरिडाकी बासिन्दा तथा पेशाले मसाज थेरापिस्ट २१ वर्षकी जस्मिन टि्रडेभिल नामकी युवतीले २० हजार अमेरिकी डलर खर्च गरेर आफ्नो वक्षस्थलमा तेश्रो स्तन प्रत्यारोपण गरेकी हुन् ।

अतिरिक्त स्तन प्रत्यारोपण गर्नका लागि जस्मिनले ठूलै संघर्ष गर्नुपर्यो । उनले ५०-६० जना डाक्टरकहाँ धाइन् तर कसैले यस्तो काम गर्न मानेनन् । कानून तोडिने डरले डाक्टरहरुले तेश्रो स्तन थपिदिन मानेनन् ।

तर अन्ततः उनले आफ्नो उद्धेश्य पूरा गरिन् आफ्नो वक्षस्थलमा स्तनको संख्या ३ पूराइन् । यसो गर्नका लागि उनले पूरै २ वर्ष खर्चिनुपर्यो । उनको छातिमा दुइ प्राकृतिक स्तनको विचमा एउटा कृत्रिम स्तन छ र त्यसको मुन्टोमा कलात्मक टाटु समेत बनाइएको छ ।

jasmine2

उनले किन तेश्रो स्तन थपेकी होलिन् ? चर्चा कमाउनका लागि भन्ने धेरैको अनुमान हुनसक्छ । तर आफुले चर्चा कमाउनका लागि नभै केटाहरुबाट बच्नका लागि तथा नराम्री देखिनका लागि यसो गरेको तर्क उनको छ । आफुलाई कुनैपनि केटासँग डेटिङ गर्ने चाहना नभएको उनी बताउँछिन् । वास्तवमा टेलिभिजन स्टार बन्ने भुतका कारण समेत उनले यस्तो कार्य गरेकी हुन् ।

जस्मिनको यस्तो मुर्खतापूर्ण कामबाट उनको परिवार भने आक्रोसित भएको छ । उनकी आमा र बहिनी उनीसँग बोल्न छाडेका छन् भने बुवा पनि लज्जित भएका छन् । उनले गर्वसाथ आफ्नो फेसबुक पेजमा आफ्नो तिनस्तने वक्षस्थलका तस्वीर पोष्ट गरेकी छिन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment